नेपालका प्रधानमन्त्रीद्धारा प्यालेस्टिनी जनताको आत्म निर्णयको अधिकारप्रति समर्थन, सिरियामा चर्किरहेको हिंसाको सङ्कट अन्त्य हुनुपर्नेमा जोड


 

तेहरान, इरान – प्रधानमन्त्री बाबुराम भट्टराईले असंलग्न आन्दोलनका सिद्धान्तहरू सम्पूर्ण मानव समुदायका लागि आशा, प्रगति र समृद्धिका प्रकाशपुञ्ज रहेको विश्वास व्यक्त गरेका छन् ।

इरानको राजधानी तेहरानमा शुक्रबार असंलग्न आन्दोलनको १६ औं शिखर सम्मेलनलाई सम्बोधन गर्दै भट्टराईले असंलग्न आन्दोलनको एक संस्थापक सदस्य र विश्वासिलो अनुयायी रहिआएको नेपालले यो आन्दोलनका मौलिक सिद्धान्तलाई सार्वजनीन र समयानुकुल ठानेर आफ्नो संविधानको मार्ग निर्देशक सिद्धान्त मानेको बताए ।


उनले भने-