तीजपर्वले बोकेको रूढीवादी परम्पराको विरूद्ध रूपान्तरणको आवश्यकता


– कल्पना पौडेल “जिज्ञासु”

गैडाकोट,४,नवलपरासी

हाल:- इजरायल
 
जनसंख्याको आधा भाग ओगटेका महिलाहरू आज विभिन्न समस्यामा जकडिएर बाँच्न बाध्य छन्। गरिबी, अशिक्षा, अज्ञानता, हत्या, हिंसा जस्ता समस्याबाट आज महिलाहरू अत्यन्त प्रभावित छन्। सामन्तवादी समाजले महिलालाई सधै दोस्रो दर्जाको नागरिक पुरूषका मनोरञ्जनको साधन, चरणकी दासी र बच्चा जन्माउने मेसिनको रूपमा हेर्दै आएको छ। पढ्ने, लेख्ने, घरबाहिर आफू खुशी हिंड्डुल गर्ने, राजनैतिक, सामाजिक, शैक्षिक, आर्थिक जस्ता नैसर्गिक अधिकारबाट महिलाहरू बञ्चित छन्। हिन्दु धर्म र सामन्ती परम्पराले नेपाली महिलाहरूलाई लामो समयदेखि गहिरो प्रभाव पार्दै आइरहेको छ।

धर्म र परम्परासँग जोडिएका थुप्रै चाडपर्वहरू हाम्रो समाजमा स्थापित छन्। ती मध्ये तीज पर्वलाई नेपाली महिलाहरूले एक