अफगानिस्तानको वारदाक प्रान्तस्थित नेटो सेनाको बेस क्याम्प नजिक आत्मघाती विष्फोट, १३ जनाको मृत्‍यु

अफगानिस्तानको वारदाक प्रान्तस्थित नेटो सेनाको बेस क्याम्प नजिक २ वटा आत्मघाती विष्फोटमा परी कम्तिमा ४ प्रहरी सहित १३ जना मारिएका छन् । विष्फोटमा ४७ भन्दा बढी घाइते भएका छन् । विष्फोटबाट स्थानीय बजार र घरहरुमा व्यापक क्षति पुगेको प्रत्यक्षदर्शीले बताएका छन् ।


आक्रमणकारी लडाकुले खुट्टामा बोकेर ल्याएको विष्फोटक पदार्थ पड्किएको केही बेरमा नै अर्को ट्रक बम विष्फोट गराइएको थियो । स्थानीय गभर्नरको कार्यालयलाई लक्षित गरी विस्फोट गराएको बताइएको छ । आक्रमणको जिम्मा कसैले लिएको छैन ।

 

– एजेन्सी