असंलग्न मुलुकहरुको १७ औं शिखर सम्मेलन भेनेजुयलामा गर्ने निर्णय गर्दै १६ औं तेहरान शिखर सम्मेलन सम्पन्न

असंलग्न मुलुकहरुको १७ औं शिखर सम्मेलन भेनेजुयलामा गर्ने निर्णय गर्दै इरानको राजधानी तेहरानमा १६ औं शिखर सम्मेलन सम्पन्न भएको छ ।

 

सम्मेलनले परराष्ट्र मन्त्री र सचिवस्तरीय तथा मूख्य सत्रमा विभिन्न देशका नेताले पेश गरेका मन्तव्य र विचारका आधारमा तेहरान घोषणापत्रसमेत जारी गरेको छ । घोषणापत्रमा विश्व शान्ति र भाइचारका लागि कुनै पनि पक्षमा नलागी गरीब तथा अल्पसङ्ख्यक देशहरुको साझा सवाल उठाउन आन्दोलन प्रभावकारी रहेको उल्लेख गरिएको छ ।


यसैगरी, शान्तिपूर्ण प्रयोजनका लागी आणविक हतियार उत्पादन गर्न पाउनु कुनै पनि राष्ट्रको नैसर्गिक अधिकार भएको पनि घोषणा पत्रमा उल्लेख छ । अल्पविकसित देशहरुमा फैलिरहेको गरीबी, रोग, शोकबाट मुक्त गर्नका लागि सबैको प्रयास जरुरी रहेको सम्मेलनको निष्कर्ष छ ।

 

समापन समारोहमा इरानी राष्ट्रपति मोहम्मद अहमदिनेजादले विश्व एकता र भाइचारामा जोड दिनु भएको थियो ।