काठमाडौं । आजकै दिन अर्थात् २०६१ सालको भाद्र १६ गते राजधानी विहानैदेखि तनाबग्रस्त बन्न पुग्यो । राजधानीमा बिहानैदेखि आगजनी र तोडफोडका घटनाहरु भए । विशेषगरी वैदेशिक रोजगारसँग सम्बन्धित म्यानपावर कार्यालय र विदेशी सञ्चालकको मातहतमा सञ्चालन भएका नेपाली कार्यालयहरु तोडफोडमा परे ।
अघिल्लो दिन अर्थात् भाद्र १५ गतेको दिन रोजगारीको सिलसिलामा इराक पुगेका १२ नेपालीको सुन्नी अतिवादी संगठन इस्लाम अल सुन्नाले घाँटीरेटी निर्ममतापूर्वक हत्या गरेका थिए । क्रुरतापूर्वक नेपालीको विदेशी भूमिमा हत्या भएपछि त्यसको आक्रोशमा उत्रिएका नेपालीहरुले भाद्र १६ गतेका दिन राजधानी लगायत मुलुकका विभिन्न स्थानमा भएका म्यानपावर लगायतका कार्यालयहरुमा तोडफोड र आगजनी गरेका थिए ।
सोही इराक हत्याको विरोधमा उत्रिएका नेपालीहरुले राजधानीमा रहेका म्यानपावरसहित विदेशी एयरलाइन्स र विदेशीले सञ्चालन गरेका कार्यालयहरु समेतमा आगजनी र तोडफोड गरेका थिए । विरोधमा उत्रिएकाहरुले त्यस्ता कार्यलयका सामानहरु सडकमा ल्याएर जलाएका थिए । ठाउँ