– उमाकान्त पाण्डे गाउंले
नेपाली कांग्रसकी नेतृ शुजाता कोईरालाले राष्ट्रलाई संकटवाट जोगाउन सहमति र एकताको खाचो रहेको वताउनुभएकेा छ । राष्ट्रिय सहमतिवाट राजनीतीक दलका शिर्षनेताहरु भाग्न नहुने उहाको तर्क छ । कोईरालाले संघीतामा जानुको विकल्प नभएको बताउँदै अब तत्काल सहमतिमा गएर मुलुकलाई संघीय प्रणालीमा लैजानु पर्ने बताउनुभयो ।
उहाले मुलुकलाई संरचनाका आधारमा यहि अवस्थामा राखिरहँदा केन्द्रीकृत शासन व्यबस्थाका कारण समग्र मुलुकको बिकास हुन नसक्ने कुरा कांग्रेसले पनि राम्रो संग बुझेकाले माओवादी र मधेशी दलहरुले संघीयता पक्षधरका नाममा मोर्चा बनाउनु दुःखद रहेको प्रतिकृया दिनुभयो ।
नेपाल व्यूटिसियन संघ रुपन्देहीले आज बुटवलमा आयोजना गरेको तीजगीत प्रतियोगिता तथा दरखाने कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसकी केन्द्रिय सदस्य समेत रहेकी नेतृ कोईरालाले राष्ट्रिय सहमति विना मुलुकमा उत्पन्न समस्याको समाधान हुनै नसक्ने ठोकुवा गर्नु भयो ।
उहाले मुलुकको समग्र बिकासकालागि केन्द्रीकृत शासन प्रणालीलाई विकेन्द्रिकरण गर्न जरुरी रहेको पनि बताउनुभयो । नेपाल दई ढुङ्गा विचको तरुल जस्तै बिकासको उच्च गति लिएका दर्ुइ देशको विचमा रहेकाले छिमेकीदेशहरु समेत नेपालको समृद्धि चाहेकाले संघीयताले मुलुक विखण्डनमा नजाने जिकीर गनुभयो ।
नेतृ कोईरालाले मुलुकले परिवर्तन चाहेको हुदा अव त्यो परिवर्तन ल्याउने जिम्मेवारी नेपाली कांग्रेसको काधमा आएको उल्लेख गर्नुभयो । उहाले मुलुकमा संक्रमलकाल लम्विएका कारण प्रजातन्त्र विरोधिहरु सलवलाउन थालेको आरोप लगाउनुभयो ।
नेपाल व्यूटिसियन संघ रुपन्देहीकी अध्यक्ष शान्ता शर्माको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस रुपन्देहीका पुर्व सभापति रामचन्द्र ढकाल, संघकी केन्द्रीय अध्यक्ष भगवती थापा, वरिष्ठ उपाध्यक्ष शुशिला घिमिरे, कांग्रेस क्षेत्र नं. ४ रुपन्देहीका सभापति हरिबहादुर आचार्य, नेपाल ट्रेड युनियन कांग्रेस रुपन्देहीका अध्यक्ष काजिमान श्रेष्ठ, नेपाल निर्माण तथा संवद्ध श्रमिक संघका जेवि गुरुङ्ग, कांग्रेस बुटवल नगर समिती सभापति खेलराज पाण्डे, महिला संघ रुपन्देहीकी सभापति रमा अर्याल, नेपाल प्रेस युनियन रुपन्देहीका सभापति भवानीप्रसाद पाण्डे, नेपाल बित्तिय संस्था कर्मचारी संघका सुन्दर गहतराज लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।