चीन । भारी बर्षापछी आएको बाढीले चीनको जनजीवन अस्तब्यस्त बनेको छ । दक्षिणी चीनको चोङिग प्रान्तका अधिकांश पुलहरु भत्केकाले सर्वसाधारणको दैनिकीमा असर पुगेको छ ।
कतिपय घरहरु डुबानमा पर्नुका साथै गाई बस्तुहरु पनि बगाएको छ । चीनमा २४ घण्टामा ३ सय ६० मिलिमीटर बर्षा भएको अधिकारीहरुले जनाएका छन् ।
लगातारको बर्षाका कारण ठाउँ ठाउँमा पहिरो गएकाले कयौंको घर पहिरोमा पुरिएका छन् भने कयौं घरबारबिहीन बनेका छन् । घरबारबिहीनहरुका लागि अस्थायीरुपमा बसोबासको ब्यबस्था गरिएको छ ।
चीनमा यो बर्षको मनसुनी बर्षासंगै आएको बाढी र पहिरोमा परी कयौको मृत्यु भइसकेको छ ।