अंगोलामा ३२ बर्षदेखि सत्तामा रहेका राष्ट्रपति जोसेफ ईडुवार्डो डोस सान्तोस संसदीय चुनावमा विजयी

अफ्रिकी मुलुक अंगोलामा भएको संसदीय चुनावमा ३२ बर्षदेखि सत्तामा रहेका राष्ट्रपति जोसेफ ईडुवार्डो डोस सान्तोसको एम.पी.एल.ए. पार्टी भारी मतान्तरले विजयी भएका छन ।

 

आम निर्वाचनमा सान्तोषको पार्टीले हाल सम्म गणना भएको दुई तिहाई मतपत्र मध्ये ७५ प्रतिशत मत प्राप्त गरेको बताईएको छ । खनिज तेलको धनी देश अंगोलामा एक दशक अघिको गृहयुद्ध समाप्त भएपछि भएको यो दोस्रो आम निर्वाचन हो । गृहयुद्ध समाप्ती यता देशमा तीब्र आर्थिक प्रगति भएको भन्दै सान्तोषको समाजवादी पार्टीले गर्व गर्दै आएको छ ।

 

अंगोलामा विपक्षी युनाईटेड पार्टीले १८ प्रतिशत भन्दा कम मत प्राप्त गर्ने संकेत देखिएको छ । गत शुक्रबार आम निर्वाचनको मतदान भएको थियो । अमेरिका लगायतका पश्चिमा देशले अंगोलाको शासन ब्यवस्थाप्रति विरोध जनाउंदै आएका र हालै त्यहा केही युवाहरुले सान्तोष विरुद्ध प्रदर्शन पनि गरेका थिए ।