उच्च माध्यमिक शिक्षा परिषद्ले व्यवस्थापन, मानविकी र शिक्षा संकायको कक्षा १२ को परीक्षाफल आज सार्वजनिक गरेको छ। परीक्षामा ३८ दशमलव ५८ प्रतिशत, अर्थात ८९ हजार १ सय २५ विद्यार्थी उत्तिर्ण भएका छन् । गत वैशाखमा भएको परीक्षामा २ लाख ३० हजार ९ सय ६४ परीक्षार्थी सहभागी भएका थिए । परिषद्का अनुसार ५ सय १५ को परीक्षा रद्ध गरिएको छ भने १० परीक्षार्थीको परीक्षाफल स्थगित गरिएको छ । यसैगरी आशिकतर्फ ३६ दशमलव ४५ प्रतिशत अर्थात ४७ हजार ४ सय ४० परीक्षार्थी उत्तिर्ण भएका छन् । परीक्षामा १ लाख २८ हजार १ सय ९८ सहभागी भउका थिए ।
परीक्षा फल www.hseb.edu.np, / www.educationsansar.com / hseb.ntc.net.np/ मा हेर्न सकिन्छ । विज्ञान संकायको परीक्षा फल भने यसअघि नै प्रकाशित भइसकेको छ ।
आईकम द्वितीय वर्षको परीक्षाफल प्रकाशित
त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुले व्यवस्थापन सङ्कायतर्फ प्रवीणता प्रमाणपत्र तह (आईकम) द्वितीय वर्षको परीक्षाफल प्रकाशित गरेको छ ।परीक्षा २०६९ साल जेठ महिनामा भएको थियो । परीक्षा फल tuexam.edu.np, educationsansar.com मा हेर्न सकिन्छ ।