ईजरेलद्धारा पश्चिम किनारामा गैरकानुनी रुपमा बसोबास गरीरहेकाहरुलाई हटाउन शुरु

ईजरेलले पश्चिम किनारामा गैरकानुनी रुपमा बसोबास गरीरहेकाहरुलाई हटाउन थालेको छ ।

 

ईजरेली प्रहरीले राजधानी जेरुसेलमबाट उत्तरतर्फ रहेको मिग्रोन शहरमा गैरकानुनी रुपमा बसाईएको यहुदी वस्ती हटाएको हो ।

 

गत वर्ष ईजरेलको सर्वोच्च अदालतले यहुदी वस्ती बसाईएको उक्त क्षेत्र एक जना प्यालेस्टाईनी नागरिकको व्यक्तिगत सम्पत्ति भएकोले वस्ती हटाउन आदेश दिएको थियो ।

 

सोही आदेश अनुसार ईजरेल प्रहरीले वस्ती खाली गराएको हो ।

 

२ सय ८० परिवार बसोवास गर्ने उक्त वस्ती हटाउने क्रममा अधिकांशले आफुखुशी घर छाडेका थिएभने अटेर गर्ने केहीलाई प्रहरीले वलजफती हटाएको थियो ।

 

सन् १९६७ मा ईजरेलले पश्चिम किनारामा कब्जा जमाएपछि झण्डै एक सयभन्दा धेरै वस्ती विस्तार गरीसकेको छ । अन्तराष्ट्रिय कानुन अनुसार गैरकानुनी मानिने यी वस्तीरुमा हाल ५ लाख भन्दा धेरे यहुदीहरु वसोवास गर्दै आएका छन् ।

 

– Agencies