शिविरबाट विदा भएका लडाकुको बांकी रकम आगामी कार्तिक महिना भित्र दिईसक्ने निर्णय

काठमाडौं  । माओवादी लडाकुको रेखदेख, समायोजन र पुनस्थापना सम्बन्धि विशेष समितिको वैठकले शिविरबाट विदा भएका लडाकुको बांकी रकम आगामी कार्तिक महिना भित्र दिईसक्ने निर्णय गरेको छ ।

 

नयाँ वानेश्वरस्थित समितिको कार्यालयमा बसेको बैठकले शान्ति प्रक्रियाका कामहरु टुग्याउने काम तीब्र पार्ने निर्णय गरेको हो ।

 

यस अघि स्वेच्छिक अबकाश रोजेका लडाकुहरुले पाउने आधा रकम भुक्तानी लगिसकेको अबस्थामा बांकी रकम पनि भुक्तानी दिने निर्णय गरेको हो ।

 

विशेष समितिले लडाकुका शिविरहरुमा रहेका भौतिक सम्पतिको विवरण संकलन कार्य पनि तत्काल थाल्ने निर्णय गरेको छ ।

 

गत हप्ता बसेको वैठकले लडाकुको नागरिकतामा रहेको जन्ममितिका आधारमा उनीहरुलाई समायोजन प्रक्रियामा समावेश गर्ने निर्णय गरेपछि समायेजन प्रक्रिया अगाडि बढाउन वैठक बसेको हो ।

 

लामो समयसम्म विवादित बनेको लडाकुको जन्ममिति सम्बन्धि विवादलाई अन्त्य गर्दै दलहरुले नागरिकता अनुसार १८ बर्ष पुगेको दिनदेखि भर्ना भएको मान्ने सहमति गरेका थिए । .- RSS