काठमाडौं – नेकपा माओवादीले समानान्तर सरकारका लागि युद्धकालीन जनसत्ता फेरि ब्युँताउने तयारी गरेको छ ।
राजधानीमा जारी केन्द्रीय समिति बैठकमा अधिकांश नेताले दबाब दिएपछि त्यस्तो तयारी भएको हो ।
एमाओवादीले सशस्त्र युद्धका बेला गठन गरेको जनसत्ता ध्वस्त गरेको आरोप लगाउँदै आएको उसले समानान्तर सरकारका रुपमा जनसरकार बनाई केन्द्रदेखि गाउँस्तरसम्म आफ्नै ढंगको शासन चलाउने रणनीति बनाएको हो ।
यस्तो जनसरकार तत्काल बनाउने कि पुसमा हुने महाधिवेशनपछि भन्नेमा भने निर्णय भएको छैन । आजको बैठक भने शुरु भएको छ । एमाओवादी शान्ति प्रक्रियामा आएपछि भट्टराईको संयोजकत्वमा रहेको समानान्तर सरकार विघटन गरेको थियो ।
– AGENCIES