विवादित जलक्षेत्र साउथ चाईन सी को मामिलामा हस्तक्षेप नगर्न अमेरीकालाई चीनले चेतावनी दिएको छ ।
अमेरीकी विदेशमन्त्री हिलारी क्लिन्टनको दुई दिने वेईजीङ भ्रमण सुरु भएकै दिन चीनले यस्तो चेतावनी दिएको हो ।
वेईजिङ आउुनअघि क्लिन्टनले ईन्डोनेसियाको भ्रमण गर्नुभएको थियो । उक्त भ्रमणको क्रममा उहाँले साउथ चाईना सी बारे साझा धारणा बनाउन दक्षिण पुर्वी राष्ट्रहरुको समुह आसीयानलाई आग्रह गरेपछि चिनले आफ्नो मामिलामा हस्तक्षेप नगर्न चेतावनी दिएको हो ।
चीनले नियन्त्रण जमाउन खोजेको साउथ चाईना सी का विभिन्न टापुहरुमाथि उक्त क्षेत्रका प्राय राष्ट्रहरु भियतनाम, फलिपिन्स र मलेशियाले पनि दावी गर्दै आएका छन् ।
क्लिन्टनको वेईजीङ भ्रमणका बखत सिरीया, ईरान र उत्तर कोरीयाको विषयमा समेत कुराकानी हुने बताईएको छ । चीन भ्रमण सकाएर पुर्वी टिमोर र ब्रुनाई प्रस्थान गर्नुहुने क्लिन्टनले त्यसपछि रुसमा हुने एपेक सम्मेलनमा सहभागिता जनाउनुहुनेछ ।
– Agencies