– गणेश खनाल
अर्घाखाँची भदौ २० गते । जनतासँग प्रत्यक्ष सरोकार राख्ने कार्यालय जिल्ला विकास समिति अर्घाखाँचीमा पटक पटक ठुलो संख्यामा कर्मचारी उपस्थित नहुदा सेवाग्राहि जनताहरु मर्कामा परेका छन् ।
कार्यालयमा कर्मचारी विभिन्न बाहाना बनाई काज मिलाएर अनुपस्थित रहदा दुगम ग्रामिण इलाकाबाट काम लिएर सदरमुकाम आउने स्थानिय बासिन्दाहरु दुःखी हुदै घर फर्कन बाध्य भएको बताउछन् ।
६ जना अधिकृत सहित साडे २ दर्जन कर्मचारी रहेको जि।वि।सको कार्यलयमा बुधवार आज एक चौथाई कर्मचारीहरुको समेत उपस्थिति भएको छ्रैन ।
१२ कायृ्र कक्ष रहेको जिविसमा आज बुधवार अधिकाम्स कार्य कक्ष खाली रहेका छन् । कार्यलयमा स्थानीय विकास अधिकारी हेमराज भुसाल विगत ५ दिन देखी कार्यलयमा उपस्थित भएका छ्रैनन् । अझ अाचमको कुरा त निमित्त हुने कर्मचारी समेत कोही रहेको छैन् । योजना तथा प्रशाकिय अधिकृत धु्रव गिरी लामो समय देखी कार्यलयमा उपस्थित भएका छैनन् अन्य अधिकृत समेत नभएपछि निमित्त हुने कर्मचारी नै समेत जिल्ला विकास समितीमा अभाव भएको छ ।
यसैगरी इन्जिनियर पनि कार्यलयमा विगत ४ दिन देखी उपस्थीत भएका छैनन् । जिविसका लेखापाल राम बहादुर रायमाझीले कोही साथीहरु विदामा कोही विरामी र कोही कार्यलयकै कामले बाहिर रहेको बताउनुभयो ।
कार्यलयमा श्रेणी विहिन कर्मचारीहरु नियमित रुपमा उपस्थित भएर बिहान १० बजे देखि सँझ ५ बजेसम्म काममा खट्नु पर्ने र ठुलो स्तरका कर्मचारीहरुले कार्यलयमा आफनो मनामानी गर्ने गरेको जनाइएको छ । कर्मचारी नै कार्यलयमा उपस्थित नभएपछि धेरै जसो व्यस्त देखीने जिल्ला विकास समेतीको कार्यलय निकै सुनसान रहेको छ ।
यता प्रमुख जिल्ला अधिकारी श्रीकृष्ण श्रेष्ठले जिल्ला विकास समितीमा अधिकाम्स कर्मचारी नभएको कुरा आफनो अनुगमनमा पनि पाएको भन्दै स्थानीय विकास अधिकारी जिल्ला फर्के पछि स्पष्टीकरण सुधीने बताउनुभयो । जे काम भएपनि कार्यलय नै रिक्तो पार्ने गरि जान नपाईने श्रेष्ठको भनाई छ ।
भुटेज एफटिएफमा छ । जिविसका लेखापाल रामबहादुर रायमाझीको भनाई छ ।
Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।