अर्घाखाँचीको छत्रगञ्जमा आफ्नै फूपुलाई बाँधेर गरगहना लुट्ने पक्राउ

छत्रगञ्ज,  अर्घाखाँची  । अर्घाखाँचीको छत्रगञ्जमा आफ्नै फूपुलाई नाम्लोले बाधि उनले लगाएको गर-गहना लुटेर फरार भएका एक व्यक्तिलाई आज गुल्मी जिल्ला प्रहरीले सदरमुकाम तम्घासमा पक्राउ गरेको छ ।

 

छत्रगञ्ज ६ स्थित ७७ वर्षिया वृद्धा फूपु पर्ने दुरुपता नेपालीलाई नाम्लाको पासो लगाई निर्घात कुटपिट गरी उनले लगाएको एक जोडी मडवारी र नौगेडी लुटेर फरार भएका अर्घाखाँची केरुङ्गा ५ घर बताउने आईते सार्किका छोरा २७ वर्षिय  कैलाश सार्कीलाई जिल्ला प्रहरी कार्यलय गुल्मीले निजले  लुटेर ल्याएको उक्त सुनका गहना दिपक सुनचाँदी पसलमा बेच्न लागिरहेको बेला पक्राउ गरेको बताईएको छ।

 

लुटिएको एक जोडी माडवारी भनिएकोमा एउटा मात्रै माडवारी र सात गोटा नौ गेडीका टुक्रा भनिए पनि जम्मा पाँच थान सुनारले थिचेको अवस्थामा भेटिएको हो।

 

तत्काल स्थानीयवासीले गुहार नदिएको भए वृदाको ज्यान समेत जान सक्ने स्थानिय वासिन्दा बिष्णु पौडेलले जानकारी दिनुभएको छ।

 

( Pashupati Shrestha, Qatar Correspondent & Bureau Chief of Arghakhanchi.Com in Doha, Qatar contributed to this report).

 



Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.


अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।


अन्य समाचारहरु