अमेरिकी विदेशमन्त्री हिलारी क्लिन्टनद्धारा चिनियां राष्ट्रपति हु जिन्ताओसंग वेइजिङमा भेटवार्ता

– चीनको विवादित दक्षिणी समुद्रको विषयमा क्षेत्रीय तनाब बढिरहेका बेला अमेरिकी विदेशमन्त्री हिलारी क्लिन्टनले चिनियां राष्ट्रपति हु जिन्ताओसंग वेइजिङमा भेटवार्ता गरेकी छन् । भेटपछि क्लिन्टनले २ मुलुकको सम्बन्ध मजबुत रहेको प्रतिक्रिया दिइन् । उनले असहमितका बाबजुद दुवै मुलुक सहमतिका सम्भावना खोज्न सक्षम रहेको उल्लेख गरिन् ।


अर्कोतर्फ संयुक्त पत्रकार सम्मेलनमा चिनियां विदेशमन्त्री याङ जेइचीले दक्षिणी चीनको समुद्रको विषयमा चीनको धारणा स्पष्ट रहेको भन्दै दक्षिणी चीनको समुद्रस्थित टापुमा चीनको सम्प्रभुता गांसिएको स्पष्ट पारेका छन् ।


वेईजिङ अघि क्लिन्टनले ईन्डोनेसियाको भ्रमण गरेकी थिइन् । क्लिन्टन चीन पुग्नुअघि चीनले दक्षिणी चीनको समुद्रको मामिलामा हस्तक्षेप नगर्न अमेरिकालाई चेतावनी दिएको थियो ।


दक्षिणी चीनको समुद्रबारे साझा धारणा बनाउन दक्षिण पूर्वी राष्ट्रहरुको समूह आशियानलाई क्लिन्टनले आग्रह गरेपछि चीनले यस मामिलामा हस्तक्षेप नगर्न चेतावनी दिएको हो ।

 

– एजेन्सी