काठमाडौं, भाद्र २१ मोरङको सिजुवा गाउँबाट पढ्न आएकी निम्नमध्यमवर्गीय छात्रा १ करोड ४४ लाख रुपैयाँ राजस्व चुहावट गरेको अभियोगमा ४ करोड ३४ लाख रुपैयाँ मागदावी गरिएको मुद्दाको विपक्षी बन्न पुगेकी छन् । पाँच हजार रुपैयाँको लोभमा अरुले भनेअनुसार व्यापारिक र्फमको प्रोपाइटर बनिदिएका कारण राजधानीमा पढ्नका लागि संघर्ष गरिरहेकी १८ वर्षीया छात्रा उक्त परिमाणको राजस्व चुहावटको अभियुक्त बनेकी हुन ।
दुई वर्षअघि चिनजानका लक्ष्मण राय यादवले न्यू विकास ट्रेडर्स नामको र्फमको प्रोपाइटर बनिदिन उनलाई राजी बनाएका थिए । त्यही र्फमले १ करोड ४४ लाख रुपैयाँ राजस्व चुहावट गरेको अभियोगमा एलिनासहित लक्ष्मण राय यादव र राजु शर्मालाई विपक्षी बनाई राजस्व अनुसन्धान विभागले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । राजस्व चुहावट नियन्त्रण ऐनअनुसार बिगोको दोब्बर माग दावी गरिएको छ । एलिना र राजु फरार छन् । विभागले अदालतमा पेश गरेको लक्ष्मणसँग अदालतले बुधबार १ करोड रुपैयाँ धरौटी माग गरेको महानिर्देशक जन्मजय रेग्मीले बताए । धरौटी बुझाउन नसके पछि लक्ष्मणलाई जेल चलान गरिएको छ ।
र्फमको प्रोपाइटर बन्न नागरिकता प्रमाणपत्रको फोटोकपी दिनुका साथै लक्ष्मणले भनेका ठाउँमा सही छाप गरी ५ हजार रुपैयाँ पाएको एलिनाले बयानमा उल्लेख गरेकी छन् । सिनामंगलमा डेरा गरी बस्ने एलिनाले साथीमार्फत लक्ष्मणसँग चिनजान भएको बयान दिएकी छन । नागरिकताको फोटोकपी दिए पुग्छ, केही फरक पर्दैन भनेपछि आफू र्फमका प्रोपाइटर बन्न तयार बनेको उनको भनाईं छ । उनी प्रोपाइटर बनेको र्फम आन्तरिक राजस्वको ३ नम्बर कार्यालयमा दर्ता छ ।
र्फमले भन्सारमार्फत आयात निर्यात गरेको देखिएपनि कर विवरण पेश नगरे पछि कार्यालयले गत फागुनमा एलिनालाई बोलाएको थियो । ुएलिनाले र्फमको कारोबारबारे अनभिज्ञता जनाइँन,ु कार्यालयका प्रमुख कर प्रशासक राममणी दवाडीले भने, ुउमेर र हाउभाउ हेर्दा उनको कुरा विश्वासयोग्य थियो ।ु उनले आफू प्लस टू पढ्न आएको बताएकी थिइन । तर कार्यालयले कानूनअनुसार उनी प्रोपाइटर रहेको र्फमलाई १ करोड ४४ लाख रुपैयाँ तिराउने निर्णय गरेको थियो ।
दवाडीकै पहलमा काठमाडौं प्रहरी परिसरले एलिनालाई र्फमको प्रोपाइटर बनाउने लक्ष्मणलाई पक्राउ गरेको थियो । प्रोपाइटर एलिना भएपनि लक्ष्मणको नाममा पनि बैकिङ कारोबार भएको फेला परेकाले उनीमाथि कारबाही चलाउन सकिएको थियो । लक्ष्मणले पनि वीरगन्जका राजु शर्मा नामका व्यवसायीले भनेअनुसार आफूले काम गर्ने गरेको भन्दै यति ठूलो व्यापारिक कारोबारमा अनभिज्ञ रहेको बताएका छन् । दवाडीले राजु शर्माको खोजी गर्न राजस्व अनुसन्धान विभागको, पथलैया कार्यालय गुहारेपनि उनी फेला परेनन् । ुकर छलीमा संलग्न वास्तविक दोषीपनि कारबाहीमा परुन भनेर राजस्व चुहावटमा मुद्दा चलाउन राजस्व अनुसन्धानमा पठाइएको हो,ु दवाडीले भने ।
एलिनाको जाहेरीमा प्रहरीले लक्ष्मणमाथि ठगी मुद्दा चलाएको थियो । तर १ लाख रुपैयाँ धरौटीमा थुनामुक्त गर्ने आदेश काठमाडौं जिल्ला अदालतले दिएको थियो । तर प्रहरीले तत्काल पक्राउ गरी राजस्व चुहावटमा कारबाही गर्न राजस्व अनुसन्धान विभागलाई बुझाएको थियो । विभागमा उपस्थित भई बयान दिएकी एलिना आफूमाथि पनि मुद्दा लाग्ने सुइँको पाएपछि फरार भएकी हुन । राजु अझै पक्राउ परेका छैनन ।
कर छलीको नियत राख्ने व्यवसायीले सोझासाझालाई पैसाको प्रलोभन दिएर तिनकै नाममा र्फम दर्ता गरी कारोबार गर्छन । आयविवरण पेश नगरी हराउने यस्ता व्यवसायीले फेरि अर्कोअर्को र्फम दर्ता गरी कारोबारलाई निरन्तरता दिदै करचाहिँ बुझाउदैनन् । यसरी हुने कर छली नियन्त्रण गर्न सरकारले गत वर्षको बजेटमा आयात परिचय पत्र लागू गर्ने घोषणा गरेपनि कार्यान्वयन भएको छैन ।