LIVE: जर्मन चान्सलर एंगेला मर्केल र स्पेनिश प्रधानमन्त्रीको भेट्घाट, मोन्क्लोवा प्यालेस, म्याड्रिड

 

 

 

सिरियामा जारी हिंसाका कारण विस्थापित हजारौं नागरिक जोर्डन प्रवेश

 

सिरियामा जारी हिंसाका कारण विस्थापित भई जोर्डन प्रवेश गर्न खोजेका हजारौं नागरिकलाई जोर्डनको सैनिकले सुरक्षा दिएर लगेका छन् । जोर्डन प्रवेश गर्नेमा अधिकांश महिला छन् ।

 

 सिरियाको हिंसामा आफना पति गुमाएका महिलाहरु बालबालिकासहित जोर्डन प्रवेश गरेका हुन् ।

 

लगभग ६० हजारको संख्यामा एकैचोटी जोर्डन प्रवेश गर्नुअघि उनीहरुलाई सिरियाली सैनिकले रोकेपछी जोर्डनको सेनाले पहरा दिई उनीहरुलाई जोर्डनतर्फ लगेका हुन् ।

 

सिरिया छोड्ने नागरिकले जोर्डन सरकारसँग सुरक्षा माग गरेपछि जोर्डनले उनीहरुलाई आफनो देशमा प्रवेश दिएका हुन् । सिरियामा जारी हिंसाका कारण हजारौं सर्वसाधारण छिमेकी राष्ट्र जोर्डन र टर्की पलायन भएका छन् ।

 

– Agencies