आगामी कार्यकालका लागि पनि ओबामानै योग्य ब्यक्ति रहेको पूर्वराष्ट्रपति विल क्लिन्टनको ठहर
भाद्र २१ गते, २०६९ मा प्रकाशित
सम्बोधनको पुरा भिडियो । अमेरिकामा निकट भविष्यमा हुन लागेको निर्वाचनको प्रचार प्रसार ब्यापक रुपमा जारी छ । राष्ट्रपतिय निर्वाचनअघि गरिएको बिभिन्न सर्वेक्षण अनुसार राष्ट्रपति पदका प्रतिस्पर्धी रिपब्लिकन पार्टीका उम्मेदवार मिट रोमनीभन्दा केही अन्तरले अमेरिकी राष्ट्रपति बाराक ओबामा अगाडी रहनुभएको छ ।
ओबामाको समर्थकका रुपमा रहेका अमेरिकी पूर्व राष्ट्रपति बिल क्लिन्टनले उत्तरी क्यारोलिनामा आयोजित एक समारोहलाई सम्बोधन गर्दै क्लिन्टनले ओबामाको खुलेर प्रशंसा गर्नुभएको छ । अमेरिकाका लागि ओबामाले गरेको योगदानको चर्चा गर्दै क्लिन्टनले अमेरिकामा क्रमश ओरालो लाग्दै गएको अर्थतन्त्र उकास्नमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सफल भएको भन्दै आगामी कार्यकालका लागि पनि ओबामा मात्रै योग्य ब्यक्तित्व भएको प्रतिक्रिया दिनुभएको छ ।
उत्तर क्यारोलिनामा आयोजित एक चुनावी प्रचार प्रसारका क्रममा क्लिन्टनले ओबामालाई नै भोट हाल्न अमेरिकी जनतासमक्ष अपील गर्नुभएको छ ।
अमेरिकामा आगामी नोभेम्बरमा राष्ट्रपतिय निर्वाचनमा बर्तमान राष्ट्रपति बाराक ओबामा र रिपब्लिकन पार्टीका उम्मेदवार मिट रोम्निबीच प्रतिस्पर्धा हुँदैछ ।