भट्टराई सरकारले पेट्रोलियम पदार्थमा गरेको भारी मूल्यबुद्धिको बिरोधमा बिद्यार्थी संगठनद्धारा देशभरचक्काजाम र प्रदर्शन

काठमाडौं  । सरकारले पेट्रोलियम पदार्थमा गरेको भारी मूल्यबुद्धिको बिरोधमा नौ बिद्यार्थी संगठनले आज बिहान एक घण्टा चक्काजाम र देशभर प्रदर्शन गरेका छन् ।

 

उनीहरुले राजधानी लगायत देशभरीका शहरका मुख्य चोकमा बिहान ९ बजेदेखि १० बजेसम्म एक घण्टा चक्काजाम गरे । युवा विद्यार्थीको चक्का जामका कारण राजधानी लगायत देशभरको यातायात एक घण्टा ठप्प भएको थियो ।

 

विद्यार्थीहरुले राजधानीको अमृत साइन्स, रत्नराज्य, त्रिचन्द्र, पशुपति, मिनभवन, शंकरदेवलगायत क्याम्पस अगाडि विरोध प्रदर्शन गरेका थिए ।

 

उनीहरुले बाबुराम सरकारबिरुद्ध चर्को नारावाजी गर्दे राजनीमाको समेत मग गरेका थिए । नागरिकको ढाड सेक्ने गरि चाडबाडको मुखमा सरकारले पेट्रोलियम पदार्थको भाऊ बढाएको भन्दै उनीहरुले आन्दोलन सुरु गरेका हुन् ।

 

नेपाल आयल निगमले ग्यासमा प्रति सिलिन्डर ५५ रुपिया, पेट्रोलमा ५ र मट्टीतेल र डिजेलमा ४