तस्बिरमा अर्घाखाँचीको ढाडमैदान गाविसकी स्वर्गिय करुणा घिमिरे। उनको गत वर्ष १८ वर्षको उमेरमा रहस्यमय हत्या भएको थियो। तस्बिर: प्रगतीशिल मन्च नेपाल
– अर्घाखाँचीको ढाडमैदान गाविसमा २०६८ बैशाखमा भएको एउटा हत्या प्रकरणमा प्रशाशन मौन भएको देखिएको छ । प्रयाप्त प्रमाण जुटाएर प्रशाशनलाई बुझाए पनि अहिले सम्म कुनै खोजतलास नगरेकोमा त्यहा कार्यरत सस्थाले आरोप लगाएको छ ।
अर्घाखाँची डट्कमका क्राइम रिपोटर त्यहाँका स्थानिय पत्रकार डिल्लीराज घिमिरेले दिएको जानकारी अनुसार मैदान गाविस वार्ड नम्बर ७ उपल्ला मसिनाकी १८ वर्षिय करुणा घिमिरेको हत्याप्रकरणलाई उनी कार्यरत प्रगतिसिलमंच नेपालले हत्याको आरोप सहित प्रशासनलाई निवेदन दिए पनि अहिले सम्म सत्यतथ्य सहित हत्यारालाई कारबाही नगरिएको आरोप लगाएको हो ।
अर्घाखाँची डट्कमलाई प्रगतीशिल मन्च नेपाल प्रधान कार्यालय अर्घाखाँचीले पठाएको विवरण अनुसार अगाडि भनिएको छ; जब हत्यारा पत्ता लग्यो अनि केही छानबिनका लागि प्रमाण फेलापरे पुलिस त्यो ठाउमा पुग्यो। घटना स्थलमा एउटा शकांस्पद डोरी पनि फेला परेको थियो ।
यस सस्थामा सक्रिय रुपमा कार्यरत एस सस्थाकी प्रधान कार्यलय सचिब एबम संस्थापक सदस्य सुश्री करुणा घिमिरे को २०६८ साल बैसाख बैसाख १६ गते दिउसो रहस्यमय तरिकाले मृत्यु भएको हो ।
यस घटनाको छानबिन एस संयोजक सहित उप संयोजक बैशाख २० मा घटना को छानबिन मा पुग्यो र आफ्नो छानबिन सुरु गर्यो ।
समय रातको ८ बजे टोली मृतकको घर मैदान ७ उपल्ला मसिना पुगेको थियो । मिति बैसाख २० रातको ८ बजेको थियो घरमा सामान्य अबस्था जस्तै थियो । बाहिरी समाजको कोहि थिएन । घरमा खुसियाली थियो मतलब सामान्य अवस्था जस्तै । हाम्रो टिम ३० मिनेट घरको बाहिर देखि घर परिवारका कुरा कानी सुन्यो जुन यस् प्रकार थियो : घरमा आमा – बाबा – एक दिदि – २ भाइ – मावली हजुर आमा कुराकानीमा ब्यस्त । सबै खुसि मोडमै थिए ।
त्यपछि सामान्य सम्बोधनका साथ् हाम्रो समुह घर भित्र गयो । समुहको बोलि सुन्न साथ् सबैमा निरासा आयो आमा कपडाले अनुहार छोपी बिस्तारमा जानु भो। बाबा सहित सबैको अनुहारमा अन्धकारले छायो, केहि समय सामान्य कुराकानी भयो अनि रातको १०.३० भै सकेकोले भोक पनि लागेको थियो।
त्यसै बिचमा उहाको बाबा को अनुरोधमा खानाखाने काम भो अचम्म को कुरा घरमा यस्तो घटना भाको आवस्थामा पनि प्रसस्त खान बनाउनु ,परिकार फरक फरक हुनुमा पनि अचम्म लाग्यौ । उहाको बाबा भाइ दिदि हजुरआमा सबैले खानाखाने काम भयो तर आमा भानौदीको नाटकीय रुप स्वरूप दुखि चेहेरा देखाउदै नखाने कुरा सुनियो तर केहि समयको नाटक पछि खान खाने काम भो यसको अर्थ त्यो पिडा थिएन हामीलाई देखाउने बहाना थियो भन्ने हाम्रो सस्थाको ठहर हो ।
तय पछि हामी त्यो घटनाको बारेमा केहि बुझ्ने कोसिस नगरी सुत्ने तयारीमा गयौं र सुत्यौं -अर्कोदिन बिहान ६ बजे उहाको बाबा राम प्रसाद घिमिरे सहित घटना स्थल मा जाने काम भो —जस्ताको तस्तै ..भिडियो हेर्नु होला. हाम्रो सत्यता त्यो तहमा घटना भाको होइन।
घटना स्थलमा डोरी भेटिएको छ हामी उहाको बाबा संग को अन्तर बार्ता पछी केहि समाजका व्यक्ति लाई भेटि बुझ्ने कोसिस गरियो ।
त्यो ठाउँका बुद्धिजिबीहरुलाई पनि भेटियो तर कसैले पनि यो घटनाको बारेमा जानकारी दिन चाहेनन । हामीलाई प्राप्त केही (घरमाउहाको आमा.दिदि र उनको १ साल देखि बोलचाल रोकिएको, कुनै रहस्य उनले पत्ता लागको कारण अर्थ पी.एस.एम को अनुसन्धान मुलक समाचार घरमै देखिएको, उनि एक कलाकार र समाजसेवी भएको कारण हत्या भएको लगायतका मिले -उनि भर्खर मात्र एस.एल.सी.जाच दिएर बसेकोले हामी स्कूलमा पनि जाने काम भो हामी शिक्षक लाई पनि सोध्ने कोसिस गरियो पतौना तयार कोहि देखिएन -केहि बिद्यार्थी लाई बुझियो बिद्यार्थी संग बुझ्दा अब मा धेरै दिन बच्दिना होला अब मेरो अन्तिम भेट हुन सक्छ जस्ता अभिब्यकरी दिएको बुझियो उनले साथीहरुलाई फोटो को पछाडी अन्तिम सम्झना लेखिएका फोटो दिएको बुझियो. पी.एस.एम कै सदस्य इश्वरी का अनुसार दिन को २ बजे घरमा झगडा भएको साझको ६ बजे लासको खोजि बाबले गरेको ७ बजे समाजलाई खबर गरेको ८ बजे लास लाई लियर हिडेको लास लाई दमै भन्ने ठाउमा लगी पहिला खाल्डोमा पुरेको र केहि समयमा नै पूण निकाली लक्ष्मन् घिमिरेले जलाएको बुझियो – – – – – –
तर वास्तविक रहस्य पत्ता लगाउन हाम्रो टिम प्रहरी चौकी पाली मा रिपोट गरियो रिपोट्को क्रम मा (नाम नराख्ने सर्तमा ) एक फोन आयो त्यो तिमि हरु जहाँ पुगेका छौं तुरुन्त फरक नत्र तिम्रो पनि त्यहिँ हाल हुन्छ ,,फेरी केहि समय पछि आर्को नम्बर देखि कल आयो जसमा त्यो भिडियो हामीलाई दिएमा ठुलो रकम दिनेछौं सार्बजनिक भय हत्या हुन्छ भनि अभिव्यक्ति आयो तर हाम्रो टिम ले लगातार आफ्नो रिपोर्ट सहित पाली प्रहरी चौकीमा पुगी थाना इन्चार्ज लाल बहादुर लाई भेटि त्यो डोरी हस्तान्तरण गरि छनबिन को तयारी गर्न भन्यौं र उहाले पनि तुरुन्त ४ जनाको छानबिन टोलि गठन गरि उहाकै नेत्रित्योमा घटना स्थलमा पुग्ने काम भो त्यसको भोलि पल्ट गाबिसका राजनीतिक दलका उछा नेत्रित्यो सहित उहा कै काका सेस्कांत सहित को बैठक सान्ति बगैचामा बसी यसको निस्पक्ष्य छानबिन गरि अपराधीलाई कारबाही गर्ने सहमति भएको थियो जसमा नेपाली कांगेस का रामप्रसाद घिमिरे,ए.नेकपा माओबादीका नेता हरुको पनि सहभागिता थियो – – – – – –
तर आज सम्म पनि यसको रिपोट दिन त्यो समिति सफल नभाको कारण हाम्रो सस्था यो घटनाको विवरण सार्बजनिक गर्ने निर्णय सहित सबैमा जानकारी गरुन चाहन्छ कि के जिल्ला प्रशासन को काम यहि हो ? के हत्यारालाई कारबाही गर्न प्रसासन डराउछ ? खोइ त्यो डोरी कहाँ छ ? लाल बहादुर को रिपोट खोइ ? बस्ताब मा त्यो हत्या कि आत्मा हत्या ? हत्या हो भने दोषीलाई कारबाही खोइ ? आत्मा हत्य हो भने कारण के थियो खोजि खोइ? मैदान मा भएका हत्या मा प्रसासन किन मौन ?मैदान ७ का देबी घिमिरेको हत्या कसले गर्यो ?) यो अशं हामीले सम्पादन गरेका होइनौ ।
अर्घाखाँचीको ढाडमैदान गाविसकी करुणा घिमिरेको रहस्यमय हत्या भएको स्थान । तस्बिर: प्रगतीशिल मन्च नेपाल
अर्घाखाँची डट्कमले सस्थागत रुपमा आएको ईमेलको केही समय प्रकाशन नगरि केही प्रतीप्रश्न गरेको थियो जसमा हेरौ प्रश्नको जबाफ जस्ताको त्यस्तै:
१ – मृतक घिमिरे को यो भन्दा अघी तपाईं हरु सामु कुनै अनुरोध वा कम्प्लेन आएको थियो कि ?
सस्था गत रुपमा आको थियन तर व्यक्ति गत रुपमा भने घरमा आमा र दिदीले लगातार पिडा दिएको गुनासो थियो ।
२ – उनलाई कसैले नियमित रुपमा पिडा दिने गरेका थिए कि ?
आमा र दिदिले पिडा दिने गरेको भनाइ उनले हामीलाई यस् अघी राखेकी थिईन ।
३ – डोरीको कुरो छ , खास के डोरी कस्तो खालको ? तपाईं हरुको खास आरोप के हो ?
हामीले घटना भएको स्थल देखि एक डोरी फेला परेका थियौं साथ् मा उहाको बाबा लाई लियर गएका थियौं तर त्यो डोरी किन राखियो अनुसन्धानको बिसाय छ हाम्रो आरोप किन हत्या गरियो किन दिनको २ बै घर देखि हिडेको मान्छेको खोजि नगरी साझ ७ बजे खोजीको नाम मा घटना स्थलमा बाबा कसरि त्यति छिटो पुगे
४ – प्रशासन ले के भन्छ ? उतिबेला के भनेको थियो ?
हामी पालि को चौकीमा त्यो डोरी प्रहरी इन्चार्गे लालबहादुर थापा लाई दियौं र खोजि गरि कारबाही गर्ने आस्वासन दियो तर पछि कुनै रिपोर्ट दिएन ।
५ – अब के हुनु पर्छ ?
अपराधी कोहो खोजि गरि कानुनको दायरामा ल्याउनु पर्छ
०६ – तपाईंहरुको सकां को प्रती? र किन छ ?
आमा पार्टी किनकि आमा ले पटक पटक पिडा दिएको र विभिन्न प्रकारका आरोप लगाको कारण मिर्त्युको बिकल्प नपायर जिबन देखि छुट्न बाध्य परेको कारण मिर्त्यु हुन सक्ने
७ – गाउले हरु के भन्छन?
यसको बारेमा केहि बोल्न चाहदैनन् । किनकि समाजमा यस्ता प्रकारका घटना लगातार हुने र लुकाउने परविर्ति बढेको छ भने जनता लाई बोलेमा यसो गर्छु उसो गर्छु भनि धम्की दिने गरिन्छ ।
८ राजनितिक दलका स्थानीय नेता के भन्छन ?
छानबिन गरि कारबाही गर्छौं त भन्छन तर केहि गर्दैन
हामी खोजि कार्य अन्तर्गत गएर घटना स्थल देखि बाबा संग भिडियोबार्ता लिईयो । पुलिसमा डोरी देने कम गरियो । समाजमा बुझ्ने कम गरियो । स्कुलमा बुझियो । करुणाका साथीहरु संग पनि बुझ्ने काम भयो ।
साथी हरु संग हामी फोटो सम्म यस्तो पायौं कि आब अन्तिम चिनो हो हाम्रो भेट नहुन पनि सक्छ भन्दै करुणाले दिएकी रहेछिन ।हाम्रो संका कहानेर भने..दिनको २ बजे घरमा घरायसी झगडा भएको तर उनी बनमा गएको तर साझ ६ बजे सम्म क&