जर्मन बायु सेवा लुफ्थान्सामा कर्मचारीहरुको हडतालले हजार भन्दा बढी उडानहरु अबरुद्ध

जर्मन बायु सेवा लुफ्थान्सामा कर्मचारीहरुले २४ घण्टे हडताल शुरु गरेपछि १ हजार दुईसय भन्दा बढी उडानहरु अबरुद्ध भएका छन् । युएफओ युनियनमा आबद्ध बायुसेवा कर्मचारीहरुले ५ प्रतिशत तलव र सुविधा थपको माग गर्दै हडताल शुरु गरेपछि लुफ्थान्साले दुई तिहाई हवाई उडान रद्ध गर्नु परेको छ । हडतालका कारण जर्मनीका फ्रयांक्फर्ट, बर्लिन र म्युनिख विमानस्थल ठप्प भएका छन् ।


युएफओमा लुफ्थान्साका १९ हजार उडान कर्मचारी मध्ये दुई तिहाई आबद्ध रहेको बताईएको छ । बायुसेवा कर्मचारीहरुको हडतालका कारण लुफ्थान्सा मार्फत यात्रामा जाने तयारीमा रहेका हजारौ यात्रुहरु विमानस्थलमै अलपत्र परेका छन् ।