– गणेश खनाल
अर्घाखाँची भदौ २३ गते । शिक्षा क्षेत्रमा योगदान पुर् याएका विभिन्न व्यत्तित्वहरुलाई राष्टिय शिक्षा दिवस तथा अन्तरराष्टिय साक्षरता दिवसको अवसरमा शनिवार जिल्ला शिक्षा कार्यालय अर्घाखाँचीले सम्मान गरेको छ ।
जिल्ला शिक्षा कार्यालय अर्घाखाँचीमा आयोजित सम्मान तथा प्रवचन कार्यक्रममा कदर पत्र तथा पदकले सम्मान गरिएको हो ।
शिक्षक दिवशमा सम्मानीत हुनेहरुमा सिद्धार्थ उच्चमावीका रामला सुनार शिक्षकहरु राजकुमार गुत्त कमल प्रसाद घिमिरे, शकुन्तला रायमाझी ,भरतमणि पौडेल, जिल्ला शिक्षाका शाखा अधिकृत लिल बहादुर राउत छेत्री रहनुभएको छ । यस्तै पेशागत लगनशिलता भई ईमान्दारीता पुर्वक काम गर्ने कमला मावीका मिन बहादुर थापा ,जनजागृती उमावीका रोमाखर बजान्डे ,मन्द्र मावीका प्रेम बहादुर पहराई ,हसपुरका तेजवन्ती खत्री, अमर प्रा बि बल्कोटका विमला पाण्डे, गौतम प्रावी किमडाडाका कमला भुसाल, विद्या विनोद मावी अड्गुरीका लक्ष्मण खनाल ,कन्या कुमारी डिभर्नाका विष्णु प्रसाद आचार्य जन शान्ति प्रावी किमडाडाका कमल प्रसाद भुसालअर्वुण प्रावी बल्कोटका सलिम मिया हुनुहुन्छ ।
२०६८ सालको एसएलसी परिक्षा संचालनमा व्यवस्थापनमा महत्वपुर्ण योगदान पुर् याए वापत केन्द्राध्यक्षँ, स्व चन्द्र मणी पाण्डेलाई मरोणप्रात्त कदर पत्र तथा उत्कृष्ट परिक्षा सचालन गरे वापत ज्ञानप्रकास मावीलाई र सामुदायिक बिधायलय सत प्रतिसत विद्यार्थी उत्तिण गरेकोमा कदर पत्रले आज सम्मान गरिएको छ ।
यसैगरि उत्कृष्ट विद्यार्थी उत्तिण सफल भएका आवसिय उच्च मावी सन्धिखर्क, चन्द्र उ मा वी खाचीकोट, विद्यँ विनोद उमावी अड्गुरी ,सरस्वती मावी पणेना ,सरस्वती भवन राष्टिय मावी खिदिम ,हिमालय ईङ्गलिस बोडिङ्ग स्कुल बल्कोट र विद्यालय सुधारका लागी नमुना योग्य काम गरेको भन्दै पोखराथोक हससा उमावी पोखराका व्यवस्थापना समितीका अध्यक्षँ अच्युत गौतमलाई सम्मान गरिएको जिल्ला शिक्षा अधिकारी मित्रमणी खनालले जानकारी दिनुभयो ।
यस्तै शिक्षक तालिममा प्रशंसनिय कार्य गर्ने प्रार्चाय ठाकुर प्रसाद गौतम, दिन बहादुर थापा, तारक बहादुर रायमाझीलाई समेत सो अवसरमा सम्मान गरिएको थियो । यसैगरि समयमै काम सम्पन्न गरि फरफरक गर्ने रुद्र प्रा बि सिद्धारा र आम्बोट प्रावीलाई पनि सम्मान गरिएको जनाईएको छ ।
कार्यक्रममा बोल्ने बक्ताहरुले शिक्षालाई राजनितीक क्षेत्रबाट टाढा राख्नु पर्ने साथै शिक्षक नियुत्ति प्रकि्रयामा दलहरुले हस्तक्षेप गर्न नहुनेमा जोड दिएका थिए ।
यसरी मन्तव्य राख्नेहरुमा प्रमुख जिल्ला अधिकारी श्रीकृष्णा श्रेष्ठ ,एकिकृत नेकपा माओवादी आयोजक समिती संयोजक गोविन्द के सी प्रकास, नेपाली काग्रेसका जिल्ला सचिव बासुदेव आचार्य ,नेकपा एमालेका जिल्ला उपाध्यक्ष जनार्दन खनाल, राप्रपाका देविबहादुर खड्का ,राष्टिय जनमुत्ति पाटीका ईन्द्र गेलाङ्ग, राष्टिय जनशत्ति पाटीका बेदराज घिमिरे,नेकपा एकिकृतका डिलाराम पाण्डे ,नेकपा माओवादीका गुणनिधी भुसाल, व्यस्थापन समितीका अध्यक्षहरु अच्युत गौतम धर्मराज अधिकारी नेपाल शिक्षक युनियनका यादव प्रसाद घिमिरे ,नेपाल शिक्षँक संघका प्रदिप भण्डारी, नेपाल राष्टिय शिक्षक सगठनका बाबुराम आचार्य, अखिल नेपाल शिक्षक संगठनका मान बहादुर पाण्डे ,अखिल नेपाल शिक्षँक संघका कमल प्रसाद घिमिरे, ऐन प्याब्सनका टेक बहादुर थापा हुनुहुन्थ्यो ।
जिल्ला शिक्षा अधिकारी मित्रमणी खनालको अध्यक्षता, उपसचिव नरेन्द्र बेल्वासेको स्वागत मन्तव्य र उप सचिव लिल बहादुर राउत छेत्रीको सचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।