चितवन । एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संबिधानका बिवादित बिषयमा सहमती भए कांग्रेसको नेतृत्व सरकार स्वीकार्ने बताउनु भएको छ ।
सहमतीको लागि बर्तमान सरकार बाधक नभएको भन्दै प्रचण्डले अन्य दलले सरकारलाई दोष थुपारेर सहमती भांड्ने प्रयास गरेका आरोप लगाउनुभयो ।
अखिल नेपाल शिक्षक संगठन चितवनको जिल्ला अधिवेशनको उद्घाटन गर्न चितवन पुग्नु भएका प्रचण्डले भरतपुर बिमान स्थलमा पत्रकारहरुसंग कुराकानी गर्दे उहांले संसद पुर्नस्थापना सबै दलहरुको केन्द्र बिन्दु मानेर सहमती हुन सक्ने संकेत दिनु भयो ।
दलहरुका वीचमा सहमतीको बिकल्प नभएको हुदा भदौ सम्म कुनै न कुनै बिन्दुमा पुगेर सहमती हुनु आवश्यक भएको उहांको भनाइ थियो । नेपाली कांग्रेका सभापती शुसिल कोइराला प्रति इगित गर्दे उहाले अरुलाई अबिश्वास गर्नेहरुले आफ्नै पार्टी भित्र बिश्वास लिन आग्रह गर्नु भयो ।
पत्रकारहरुको प्रश्नमा उहाले संधियताको बिषयमा बिवाद कायम भएकै कारण सहमती हुन नसकेको बताउनु भयो ।
– RSS