काठमाडौं । दक्षिण तथा मध्य एसियाली मामिला सम्बन्धि अमेरिकी सहायक विदेशमन्त्री रबर्ट ओ ब्लेक दुई दिने नेपाल भ्रमणका लागि आज काठमाडौं आइपुग्नुभएको छ ।
अमेरिकी दूतावासका अनुसार नेपाल भ्रमणका क्रममा सहायक विदेशमन्त्री ब्लेकले प्रधानमन्त्री डा. बाबुराम भट्टराई, एकीकृत माओवादीका अध्यक्ष प्रचण्ड, प्रधानसेनापति गौरव शमशेर राणा तथा उच्चपदस्थ सरकारी अधिकारीहरुसँग भेटवार्ता गर्नुहुनेछ ।
अमेरिकाले माओवादीलाई आतंककारीको सूचीबाट हटाए लगत्तै नेपाल आइपुग्नु भएका सहायक विदेशमन्त्री ब्लेकले नेपालको पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्ने वताइएको छ ।
नेपाल बसाइको क्रममा उहाँले व्यापारी, तिब्बती समुदायका प्रतिनिधि, नागरिक समाजका अगुवा तथा अधिकारकर्मीहरूसँग पनि भेटवार्ता गर्ने जनाइएको छ । RSS