राष्ट्र बैंकले दशैको समयमा २० प्रतिशत बढी नोट बजारमा

२६ भदौ, काठमाण्डौं । राष्ट्र बैंकले दशैको समयमा २० प्रतिशत बढी नोट बजारमा प्रवाह गर्ने भएको छ । नया नोटको सबैभन्दा बढी माग हुने दशैको समयमा अभाव हुन नदिन यस्तो तयारी गरिएको हो ।

राष्ट्र बैंकका अनुसार करिब ४० अर्ब रुपैया बराबरको नया नोट दशैको समय बजारमा आउने छन् । हाल २ खर्बको हाराहारीमा नोट बजारमा रहेको कान्तिपुर दैनिकमा खबर छ । दशैको समयमा वर्षेनी बढ्ने नया नोटको मागलाई ध्यानमा राखेर वृद्धि गर्न लागिएको राष्ट्र बैंकका एक अधिकारीले बताए ।

उनका अनुसार राष्ट्र बैंकका सबै क्षेत्रिय कार्यालयमा नया नोट पठाइसकिएको छ ।