उक्त आक्रमणमा परी मारिएका दुई हजार ९८३ जना अमेरिकी र केही विदेशी नागरिकको नाम ग्राउण्ड जिरोमा लेखेर राखिएको छ। सोही स्थानमा हरेक वर्षको सेप्टेम्बर ११ मा श्रद्धाञ्चली सभाको आयोजना गरी ती व्यक्तिप्रति श्रद्धाञ्जली अर्पण गर्ने गरिन्छ।
सो स्थानमा आज बिहानैदेखि शोक धुन बजाइएको छ। उक्त घटनामा मारिएका नागरिकका आफन्तले सो स्थानमा उपस्थित भई आफ्ना दिबङ्गत व्यक्तिहरुको नाम उच्चारण गरिरहेका छन्।
अमेरिकी राष्ट्रपति बाराक ओबामाले पनि आज बिहानै ह्वाइट हाउस अगाडि मौनधारण गर्नुभएको छ। सो क्रममा ह्वाइट हाउसका अधिकारीहरु पनि रहेका थिए।
आजै उहाँले अमेरिकामा आजका दिन आक्रमण भएका दुई अलग अलगस्थानमा उपस्थित भई ती घटनामा मारिएका व्यक्तिप्रति श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम रहेको छ।
सो आक्रमणपछि अमेरिकाले उक्त आक्रमणमा मुख्य योजनाकार ओसामा विन लादेनको खोजीलाई विश्वाव्यापी रुपमा व्यापक बनाएको थियो। यसैक्रममा अमेरिकाले पाकिस्तान र अफगानिस्तानमा पनि आतङ्कवाद नियन्त्रणसम्बन्धी नयाँ नीति लागू गराएको छ।
सो योजनाका प्रमुख योजनाकार ओसामा विन लादेनलाई भने अमेरिकी सेनाको विशेष टोलीले गत वर्ष पाकिस्तानको अबोट्टावादमा हत्या गरिसकेको छ। रासस/एएफपी