गरिबी निवारण कोषका उपाध्यक्षसमेत रहेका जोशीले गरीब घरपरिबार पहिचान र परिचयपत्र व्यवस्थापन तथा वितरणसम्बन्धी कार्य प्रगति वितरणबारे जानकारी दिँदै २०६५ बाट कार्यक्रम अघि बढाएपनि सफल हुन नसकेको उल्लेख गरे ।
आर्थिक, मानवीय र सामाजिक रुपमा पछि पारिएका गरीबलाई कसरी मूलप्रवाहमा ल्याउने भन्ने कार्यक्रम तय गर्ने बोर्डले तयारी गरेको उल्लेख गर्दै उनले देशभरिका गरीब परिवारका तथ्याङ्क सङ्कनल गरी अभियानका रुपमा कार्यक्रमलाई अघि बढाइने जानकारी दिए ।
बोर्डका सदस्य सचिव राजबाबु श्रेष्ठका अनुसार केन्द्रमा समन्वय बोर्ड रहने छ भने स्थानीय विकास अधिकारीको सभापतिको अध्यक्षतामा जिल्ला समन्वय समिति र प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा जिल्ला गुनासो सुनुवाइ समिति रहनेछ। रासस