काठमाडौ – गणतन्त्रवादी नेता रामराजाप्रसाद सिंहको स्वास्थ्यस्थिति चिन्ताजनक छ । चिकित्सकहरूले ७७ वर्षीय सिंहलाई मंगलबार दिउँसो साढे तीन बजेदेखि कृत्रिम श्वासप्रश्वास यन्त्र (भेन्टिलेटर) मा राखेका छन् ।
विभिन्न शारीरिक समस्या देखिएपछि दस दिनअघि सिंहलाई त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको थियो । ‘मुटु र फोक्सोको समस्याले गर्दा उहाँलाई भेन्टिलेटरमा राख्नुपरेको हो,’ अस्पतालका निर्देशक डा.केपी सिंहले भने । डा. सिंहका अनुसार हाल उनको स्वास्थ्यस्थिति चिन्ताजनक छ ।