पेट्रोलियम पदार्थको मूल्यबृद्धिको विरोधमा विपक्षी दलसम्वद्ध युवा तथा विद्यार्थी संगठनहरुले आव्हान गरेको नेपाल बन्दका कारण राजधानी लगायत देसभर जनजीवन ठप्प भएको छ ।
बन्दका कारण यातायातका साधन चलेका छैनन् । यसले गर्दा विद्यालय तथा कलेजको पठनपाठन प्रभावित भएको छ भने विहानीपख दूध, तरकारी विक्रीका लागि हिंडेकाहरु पनि अलपत्र परेका छन्
यसअघि गत आइतबारका लागि आव्हान गरिएको उपत्यका बन्द सो दिन वीपी जयन्ती र त्रिविको परीक्षा परेका कारण आजलाई सारिएको थियो । विद्यार्थीहरुले आजको नेपाल बन्दको समय पनि कटौती गरेका छन् । उनीहरुले आज विहान ६ बजेदेखि दिउँसो १२ बजेसम्म मात्र बन्द गर्ने भएका छन् ।
विद्यार्थीहरुको मंगलबार साँझ बसेको बैठकले विहान ६ बजेदेखि १२ बजेसम्म बन्द गर्ने निर्णय गरेको छ । बन्दमा नेकपा-माओवादीले समेत समर्थन जनाएको छ ।
यसै गरी अर्घाखाँची जिल्लामा पनि बन्दको प्रभाव परेको छ/ बिहानै देखी लामो दुरीका यातायातका साधन चलेका छैनन् र सन्धिखर्क लगायत आसपासका सबै बिहानी सेवाका स्कूल कलेज र क्याम्पस सन्चालन नभ्एको ,उधोग धन्दा ,ब्यापार खुलेका छैनन्/
अर्घाखाँची डट कम