अर्घाखाँची जिल्लामा पनि बन्दको प्रभाव

सन्धिखर्क, अर्घाखाँची – पेट्रोलियम पदार्थको मूल्यबृद्धिको विरोधमा विपक्षी दलसम्वद्ध युवा तथा विद्यार्थी संगठनहरुले आव्हान गरेको नेपाल बन्दका कारण अर्घाखाँची जिल्लाको जनजीवन पनि प्रभाव परेको छ।

 

बिहानै देखी लामो दुरीका यातायातका साधन चलेका  थिएनन । सन्धिखर्क लगायत आसपासका सबै बिहानी सेवाका स्कूल, कलेज, क्याम्पस  र उधोग धन्दा, ब्यापार खुलेका छैनन्।



विद्यार्थीहरुले आजको नेपाल बन्दको समय पनि कटौती गरेका छन् । उनीहरुले आज विहान ६ बजेदेखि दिउँसो १२ बजेसम्म मात्र बन्द गर्ने भएका छन् ।

 

विद्यार्थीहरुको मंगलबार साँझ बसेको बैठकले विहान ६ बजेदेखि १२ बजेसम्म बन्द गर्ने निर्णय गरेको थियो। बन्दमा नेकपा-माओवादीले समेत समर्थन जनाएको छ ।

 





– यसभन्दा अगाडिको समाचार बिना सम्पादन प्रकासित गरिएकोले, समाचारमा देखिएको अष्पष्ट एवम गल्तीको लागि क्षमा प्रार्थी छौ । अर्घाखाँची डट्कम

 

 



Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.


अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।


अन्य समाचारहरु