पैगम्बर मोहमदको अपमान गरी अमेरिकी चलचित्र बनेको भन्दै बिश्वको कयौ राष्ट्रहरुमा प्रर्दशन

पैगम्बर मोहमदको अपमान गरी अमेरिकी चलचित्र बनेको भन्दै बिश्वको कयौ राष्ट्रहरुमा प्रर्दशन भएको छ । प्रदर्शनकारीहरुले इजिप्टको कायरोस्थित अमेरिकी दूताबासमा आगजनी गरेपछी बिश्वभर प्रदर्शन भएको हो । प्रदर्शनकारीहरुले ठाउँठाउँमा अमेरिकी झण्डा जलाउनुका साथै अमेरिका बिरुद्ध चर्का नारा लगाएका छन् ।

यसैगरी लिबियामा पनि ब्यापक प्रदर्शन भएको छ । लिबियाको बेनगाजी शहरमा रहेको अमेरिकी कन्सुलरमा आगजनी गरिएको छ । सो क्रममा झडप हुँदा एक जना अमेरीकी कर्मचारी मारीएका छन् भने अन्य केही घाईते भएका छन् ।

 

झडपका क्रममा कयौं घाइते भएका छन् । अमेरिकामा निर्मित उक्त चलचित्रमा कुरानको प्रति जलाउने पादरीले पनि भूमिका निर्वाह गरेकोप्रति पनि प्रदर्शनकारीहरुले आपत्ती जनाएका छन् । चलचित्रमा मुश्लिम समुदायको धार्मिक भावनामा ठेस पु-याउने सामग्रि राखिएको भन्दै सो चलचित्र प्रदर्शनमा रोक नलगाएमा प्रदर्शन जारी राख्ने अडान विश्वभरका मुस्लिमहरुले लिएका छन् । RSS