काठमाडौं । लामो अन्योल र विवादकाबीच मन्त्रिपरिषदको आजको वैठकले अन्ततः प्रहरी अतिरिक्त महानिरीक्षक कुवेर सिंह रानालाई नेपाल प्रहरीको सर्वोच्च पद प्रहरी महानिरीक्षकमा नियुक्त गरेको छ ।
प्रधानमन्त्री र गृहमन्त्रीबीचको किचलोकै कारण समयमा निर्णय हुन नसक्दा सेवा अवधि पूरा गरेर विदा हुन लाग्नुभएका वर्तमान प्रहरी महानिरीक्षक रविन्द्रप्रताप शाहले विदा बस्नसमेत पाउनु भएन भने प्रहरी संगठनभित्र ठूलो अन्योल उत्पन्न भएको थियो ।