नेकपा माओवादीले गरेको नेपाल बन्दका कारण देशभरीको जनजीवन प्रभावित

 काठमाडौं, २९ भदौ  नेकपा(माओवादीले गरेको नेपाल बन्दका कारण देशभरीको जनजीवन प्रभावित बनेको छ। काठमाडौं लगायत देशभरीका कुनैपनि जिल्लामा सवारीसाधन चल्न सकेका छैनन ।
 
बाल दिवस र नजिकिदो तीजपर्वलाई ध्यानमा राखेर बन्द १२ बजेपछि फिर्ता दिने माओवादीले जनाएको छ ।  पमाओवादीले सरकारले पेट्रोलिम पदार्थको गरेको मूल्यबृद्धि फिर्ता, राजनीतिक निकासका लागि गालेमच सम्मेलन लगायतको माग राखि आन्दोलन सुरु गरेको छ ।
 
बन्दका क्रममा सञ्चार, कूटनीतिक नियोग, एम्बुलेन्स, तरकारी बोक्ने सवारी, फोहर बोक्ने सवारीलगायत अत्यावश्यकीय सेवा भने सुचारु हुन दिएको माओवादीले जनाएको छ ।