काठमाडौं । चीनमा उप राष्ट्रपति सी चिनपिंग दुई हप्तामा पहिलो पटक सार्वजनिक हुनु भएको छ ।
यसअघि सार्वजनिक कार्यक्रम तथा बैठकहरुमा सहभागी नभएको विषयलाई लिएर उहांबारे विभिन्न अड्कलबाजी भएको थियो । चीनको आगामी नेतृत्व सम्हाल्ने तयारीमा रहेका सी राजधानी बेइजिङमा राष्ट्रिय विज्ञान दिवसको अबसरमा आयाजित एक कार्यक्रममा सहभागि भएको सिन्ह्वा समाचार एजेन्सीले जनाएको छ ।
तर उहां दुई हप्ता सम्म कहाँ हुनुहुन्थ्यो भन्नेबारे कुनै आधिकारिक जानकारी दिइएको छैन । उपराष्ट्रपति सीको स्वास्थ्य खराब भएको र कम्युनिष्ट पार्टी भित्र शक्ति संघर्ष चलेको जस्ता हल्ला पनि चलेको यियो । ५९ वर्षिय सी विभिन्न उच्चस्तरिय भेटघाटमा समेत अनुपस्थित हुनुहुन्थ्यो ।
– Agencies