अविरल वर्षाका कारण कैलालीका डेढ दर्जनभन्दा बढी गाउं डुबानमा, कम्तिमा दुई सय पचास परिवार विस्थापित

कैलाली । गएरातिदेखि परेको अविरल वर्षाका कारण कैलालीका डेढ दर्जनभन्दा बढी गाउं विकास समिति डुबानमा परेका छन् ।

 

डुबानका कारण दुई सय पचास परिवार विस्थापित भएका छन् भने एक हजार भन्दा बढि घर डुबानमा परेका छन् । बस्ती नै डुबानमा परेपछि ज्यान जोगाउन कैलालीको हसुलिया गाविस वडा नम्बर ४ मोहनपुरका ८५ परिवार भारतको दुधुवा नेशनल पार्कमा शरण लिन पुगेका छन् ।


कैलालीको चौमाला, फुलवारी, उर्मा, मसुरीया, पहलवानपुर, दरख, लालबोझी, हसुलिया, रतनपुर, उदासीपुर, पवेरा, खैलाड, भजनी लगायत डेढ दर्जन गाविस, धनगढी र टीकापुर नगरपालिकाका अधिकांश भाग जलमग्न भएका हुन् ।

 

दर्जनौं बस्तीमा बाढी पसेपछि बिस्थापित भएकाहरुको तथ्यांक संकलन कार्य नेपाल रेडक्रस सोसाईटीले शुरु गरेको छ । सेना, प्रहरी र स्थानीयवासीले प्रभावित गाविसमा उद्दार गरिरहेका छन् । – RSS