कास्की । पार्टी निर्देशन अवज्ञा गर्दै एकीकृत नेकपा माओवादी सम्वद्ध होटल तथा रेष्टुराँ मजदूर संघको अधिवेशन पोखरामा सुरु भएको छ । हिजो पार्टी प्रवक्ता अग्नि सापकोटाले विज्ञप्ति जारी गरी अधिवेशन स्थगित गर्न दिएको निर्देशनको अवज्ञा गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पक्षधर मजदुरले आजदेखि पोखरामा अधिवेशन थालेका हुन् । प्रधानमन्त्री डा.बाबुराम भट्टराई पक्षधर मजदुरहरुले भने सम्मेलन बहिस्कार गरेका छन् ।
प्रचण्ड निकट मजदुर नेता शालिकराम जम्मरकट्टेलको निर्देशनमा राष्ट्रिय सम्मेलन सुरु गरिएको वताइएको छ ।
सम्मेलनमा देशभरबाट एक हजार भन्दा वढी मजदुर प्रतिनीधि सहभागी छन् । पार्टीको निर्देशन विपरित सम्मेलन आयोजना गरिएको भन्दै एकीकृत माओवादीका नेताहरु भने सम्मेलनमा सहभागी छैनन् । RSS