सुडान र ट्युनिसियामा रहेका आफ्ना कुटनीतिकज्ञहरुलाई ती मुलुक छोड्न अमेरीकाद्धारा आग्रह

सुडान, ट्युनिसिया । अफ्रिकी मुलुकहरु सुडान र ट्युनिसियामा आवश्यक भन्दा धेरै मात्रामा रहेका आप्mना कुटनीतिकज्ञहरुलाई ती मुलुक छोड्न अमेरीकाले आग्रह गरेको छ । मुश्लिम जगतमा अमेरीका विरोधी प्रदर्शन चुलिंदै गएपछि अमेरीकी विदेश मन्त्रालयले हिजो विज्ञप्ती जारी गर्दै यस्तो आग्रह गरेको हो ।

 

यसअघि आफ्नो दुतावासको सुरक्षार्थ अमेरीकी सेना पठाउने अमेरीकाको आग्रहलाई सुडान सरकारले अस्विकार गरेको थियो । सुडानस्थित कुटनीतिक कार्यालयहरुको सुरक्षा गर्न सुडान सरकार सक्षम रहेको भन्दै सुडानले अमेरीकी दुतावासमा सुरक्षा बढाएको थियो ।

सुडान र ट्युनिसियामा मात्रै मुश्लिम समुदायले गरेको अमेरीका विरोधी प्रदर्शनको क्रममा १० जनाको मृत्यु भईसकेको छ ।मुश्लिम धर्मका प्रवर्तक पैगम्बर मोहम्मदको अपमान गरिएको भनिएको हलिउड चलचित्र इन्टरनेटमा सार्वजनिक भएपछि भड्किएको हिंसात्मक प्रदर्शन अफ्रिका, मध्यपुर्वी अरब जगत हुँदै दक्षिण एशीयासम्म फैलिसकको छ ।