– प्रेमनारायण आचार्य
अर्घाखाँची । लुम्बिनी अंचलको पहाडी जिल्ला अर्घाखाँचीलाई सन् २०१४ भित्र खुल्ला दिसा मुक्त घोषणा गर्ने जिल्ला खानेपानी तथा स्वच्छता समन्वय समितिले निर्णय गरेको छ ।
मानिसलाई लाग्ने सरुवा रोग मध्ये ६० देखि ८० प्रतिशत रोगहरु खुल्ला दिसाका कारण अर्थात विभिन्न माध्यमबाट मानिसको दिसा मुखमा परेर लाग्ने भएकाले यसबाट बचाउन जिल्ला खानेपानी तथा स्वच्छता समन्वय समितिको बैठकले सो निर्णय गरेको हो ।
बैठकले हाम्रो गौरव हाम्रो स्वाभिमान खुल्ला दिसा मुक्त अर्घाखाँची हाम्रो पहिचानु भन्ने मूल नारा समेत तय गरेको छ । यसअघि कास्की चितवन तनहूँ र म्याग्दी जिल्ला खुल्ला दिसामुक्त घोषणा भैसकेका छन् ।
विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार मानिसको एक ग्राम दिसामा १ करोड भाइरस १० लाख ब्याक्टोरिया एक हजारसम्म परजीवि र एक सय परजीविका अण्डा रहन सक्छन् । सुरक्षित चर्पीको प्रयोग गर्दा ३२ प्रतिशत साबुन पानीले हात धुदा करिब ४४ प्रतिशत र सुरक्षित पिउने पानीको प्रयोग गर्दा ३९ प्रतिशतले झाडापखालाजन्य रोग व्याधीमा कमी ल्याउन सकिन्छ ।
खुल्ला दिसाबाट बालबालिका र महिलामा सबैभन्दा धेरै असर पर्ने गरेको छ । खुल्ला स्थानमा दिसा गर्ने प्रचलन र समुचित सरसफाइको अभावमा सृजित रोगका कारण नेपालमा वर्षेनी ५ वर्षभन्दा कम उमेरका करिब १० हजार ५ सय बालबालिकाले अकालमा ज्यान गुमाउनु परेको यूनिसेफ नेपाल र विश्व स्वास्थ्य संगठनको तथ्यांक छ ।
अर्घाखाँची जिल्लामा समेत कूल विरामीमध्ये करिब आधाजसो सरसफाइजन्य रोगबाट प्रभावित हुने गरेको तथ्यांक जिल्ला स्वास्थ्य कार्यालय अर्घाखाँचीको छ । आर्थिक बर्ष २०६८, ६९ को एक वर्षमा १ लाख ८२ हजार ४ सय ९६ बिरामी जिल्ला अस्पताल स्वास्थ्य चौकी र उपस्वास्थ्य चौकीमा उपचारको लागि आएका मध्ये ४५.३५ प्रतिशत प्रदुषित पानीको कारणबाट लाग्ने रोगका बिरामीहरु भेटिएको जिल्ला स्वास्थ्य कार्यालय अर्घाखाँचीका जनस्वास्थ्य निरीक्षक गणेशराज पौडेलले जानकारी दिनुभयो । सो आँकडा गत आर्थिक वर्षमा ४४.९८ प्रतिशत रहेको थियो ।
अर्घाखाँचीमा रहेका प्रमुख १० रोगहरु मध्ये ५ वटा रोग प्रदुसित पानीका कारण लाग्ने गरेका छन् । जुका ओमिबायोसिस टाइफाइड झाडापखाला लगायतका रोगहरु लाग्ने प्रमुख कारण नै मानिसको दिसा पानी फोहोर हात हावा माटो पशुपक्षी र िझंगाको माध्यमबाट मानिसको पेटमा पर्दा लाग्ने स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक पौडेलको भनाइ छ ।
जिल्लामा पूर्ण सरसुाइको अभियान साचालन गर्न र खुल्ला दिसामुक्त अर्घाखाँची घोषणा गर्न जिल्ला विकास समिति गाउँ विकास समितिको साथमा गाविसका सामाजिक परिचालक वडा नागरिक माच जिल्लास्थित सरोकारवाला सरकारी एवम् गैरसरकारी संस्था साजालहको सकि्रय सहभागिता रहेको स्थानीय विकास अधिकारी एवम् जिल्ला खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितका अध्यक्ष हेमराज भुसालले बताउनु भयो ।
अभियानलाई सघाउनका लागि ग्लोबल स्यानिटेशन फण्ड;यू.एन. ह्याबिटाटसँगको सहकार्यमा नेष्ट नेपाल सिसेक अर्घाखाँची इकार्डस् नेपाल र प्राग अर्घाखाँचीले जिल्लादेखि वडा तहसम्म विभिन्न कि्रयाकलापमा सहजीकरण गरिरहेका छन् । यी संस्थाहरुले जिल्लामा रहेका विद्यालयका शिक्षकहरु विद्यालय व्यवस्थापन समिति विद्यालयमा रहेका बाल क्लब नागरिक समाजको साजाल लगयतलाई सरसफाइ तथा खुल्ला दिसामुक्त सम्बन्धी आधारभूत प्रशिक्षण प्रदान गरिरहेका छन् । अभियानलाई सफल बनाउनका लागि आफू मातहतका निकायहरुलाई जिल्ला शिक्षा कार्यालय जिल्ला स्वास्थ्य कार्यालय र जिल्ला विकास समितिले परिपत्र गरिसकेको जानकारी स्थानीय विकास अधिकारी हेमराज भूषालले दिनुभयो ।
यस अभियानलाई सहयोग गर्न सिसेक अर्घाखाँची र नेस्ट नेपालको आयोजनामा भारतबाट प्रमुख प्रशिक्षक ल्याई जिल्लाका ३२ गाविसका प्रत्येक गाविसका २ जना गरी ६४ जनालाई टि्रगरर तालिम समेत दिइसकिएको छ ।
सरसफाइसम्बन्धी गुरुयोजना २०६८ को स्थानीयकरण गर्नुका साथै जिल्लादेखि स्थानीय तहसम्म रहेका विभिन्न निकायहरुसँग क्षेत्रगत सहकार्य गर्ने कार्य तीव्रताका साथ भैरहेको जानकारी इकार्डस् नेपालका गोपाल घिमिरेले दिनुभयो ।
Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।