अख्तियारद्धारा एकीकृत नेकपा माओवादीले नक्कली लडाकु खडा गरी अर्बौं रकम अनियमितता गरेको प्रमाणहरु संकलन

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एकीकृत माओवादी पार्टीले नक्कली लडाकु खडा गरी अर्बौं रकम अनियमितता गरेको सम्बन्धमा प्रमाणहरु संकलन गरिरहेको जनाएको छ । तर एमाओवादीले नै त्यस सम्बन्धमा छानविन गरिरहेको भन्दै आयोगका सचिव भगवती प्रसाद काफ्लले राज्यको ढुकुटी दुरुपयोग सम्बन्धमा पनि राजनीतिक दलको अनुसन्धान पर्खने भन्दै लाचारी प्रकट गरेका छन् ।

आयोगको कार्यालयमा आज भएको पत्रकार सम्मेलनमा सचिव काफ्लेले माओवादी पार्टीको छानविनको प्रतिवेदन चित्त नबुझे वा प्रतिवेदन सार्वजनिक नगरे मात्रै अख्तियारले अनुसन्धान अघि बढाउने बताए ।

एकीकृत माओवाटै फुटेर गएको वैद्य पक्षले लडाकुको नाममा गएको ३ अर्वभन्दा बढी रकम माओवादी अध्यक्ष पुष्पकमल दाहाल लगायतले दुरुपयोग गरेको आरोप लगाउँदै आएको छ ।

त्यस्तै बर्तमान सरकारका मन्त्रीहरुले अकुत सम्पत्ति जोडेको सूचनाको आधारमा केही मन्त्रीहरुलाई निगरानीमा राखेर अनुसन्धान गरिरहेको पनि अख्तियारले जनाएको छ ।

तर, ती मन्त्रीहरु को को हुन भन्ने सम्बन्धमा भने सचिव काफ्लेले केही बताएनन् । यसैबीच आज सार्वजनिक गरिएको अख्तियारको आर्थिक वर्ष ०६८