काठमाडौं । राजनीतिक गतिरोधको निकास खोज्न भन्दै बसेको मधेशी मोर्चासहित मुख्य तीन दलको बैठक विना निश्कर्ष टुङ्गिएको छ ।
सेना समायोजन विशेष समितिको सचिवालय नयाँ बानेश्वरमा बसेको बैठक कुनै निश्कर्षमा पुग्न नसकेपनि नेताहरुले सहमतिका लागि वार्ता र छलफललाई तिव्रता दिने वताएका छन् ।
राष्ट्रपति डा. रामवरण यादवसँग छलफल गरेका नेताहरुले साँझ बैठक गरी संविधानसभा पुनस्र्थापना वा नयाँ निर्वाचन भन्ने विषयमा सामान्य छलफल गरेका हुन् ।
बैठकपछि नेताहरुले संविधानसभा पुनस्र्थापना वा नयाँ निर्वाचनमा जाँदा पनि सहमति आवश्यक हुनेमा एकमत रहेको भन्दै छिट्टै गतिरोधको निकास खोज्ने वताएका छन् ।
– RSS