एमालेले बाबुराम भट्टराई सरकार विरुद्धको आन्दोलन र माओवादीसँगको वार्ता सँगसँगै लैजाने

काठमाडौं  । नेकपा एमालेले बाबुराम भट्टराई सरकार विरुद्धको आन्दोलन र माओवादीसँगको वार्ता सँगसँगै लैजाने भएको छ ।

 

सरकारविरुद्ध आगामी असोज १९ गते राजधानीमा शक्ति प्रदर्शन गर्ने पनि एमालेले जनाएको छ । उक्त प्रदर्शनमा एक लाख जनता सडकमा उतार्ने दाबी पनि एमालेले गरेको छ ।

 

शक्ति प्रदर्शन आक्रमक रुपमा गर्ने तयारीका लागि पार्टी मूख्यालय बल्खुमा आयोजना गरिएको भेलाबाट यस्तो निष्कर्ष निकालिएको हो ।

भेलामा राजधानीमा रहेका केन्द्रीय सदस्य, जिल्ला र क्षेत्रीय अध्यक्ष, जनवर्गीय संगठन र विभागका प्रमुखहरुको सहभागिता रहेको थियो । – RSS