उच्च माध्यमिक विद्यालयका विद्यार्थीले मिनिस्कर्ट र चुज पाइन्ट लाउन नपाउने

कुनै पनि उच्च माध्यमिक विद्यालयका विद्यार्थीले घुँडाभन्दा माथिको भाग मात्र छोप्ने स्कर्ट र चुज पाइन्ट लगाउन नपाउने भएका छन् ।
उमाविहरूको अवस्थाबारे अध्ययन गर्न गठित अनुगमन, अध्ययन र सुझाव कार्यदलले आइतबार शिक्षामन्त्री दीनानाथ शर्मालाई बुझाएको प्रतिवेदनमा सो कुरा उल्लेख छ । कार्यदलले विद्यार्थीले 
घुडाभन्दा तल दुई इन्च लामो स्कर्ट लगाउनुपर्ने र चुज पाइन्ट लगाउन नपाउने व्यवस्था गर्न सुझाव दिएको छ । उमाविमा बढिरहेको विकृति अन्त्य गर्न कार्यदलले मन्त्रीसमक्ष यस्तो सिफारिस गरेको हो । यस्तो नियम नमान्ने विद्यालय र विद्यार्थीलाई ऐनअनुरूप कारबाही गर्नुपर्ने कार्यदलको सुझाव छ ।
कार्यदलले विद्यार्थीले मोटरसाइकल प्रयोग गर्न नपाउने र सो कुरा नमाने कलेजबाट निष्कासन गर्न सकिने, विद्यार्थीलाई पोसाकमा होटल, रेस्टुरेन्ट, सिनेमा हल, पार्क, सपिङमल जान नदिने, विद्यार्थीले विद्यालय हाताभित्र मोबाइल फोन प्रयोग गर्न नपाउने, ९० प्रतिशतभन्दा कम हाजिरी भए विद्यार्थीलाई बोर्ड परीक्षामा सम्मिलित नगराउने, महिला शौचालयमा सेनेटेरी टेबल राख्नुपर्नेलगायत सुझाव पनि दिएको छ ।
१२ असारमा गठित १३ सदस्यीय कार्यदलले काठमाडौं र बाहिरका गरी १२ जिल्लाका ६० वटा उमाविमा गई अनुगमन गरेको थियो । अनुगमनका क्रममा विद्यालयले देखाउने र लिने शुल्क फरक हुने गरेको, परिषद्ले छात्रवृत्तिको सिफारिस गरेका विद्यार्थीसित वर्षको ३० हजार रुपियाँसम्म असुलेको, विद्यार्थी आकर्षित गर्न ल्यापटप बाँडेको, एसएलसीमा ८५ प्रतिशतभन्दा बढी प्रतिशत ल्याउने विद्यार्थीसित शुल्कमा