नेपालभर मनसुनी वर्षा, सबैभन्दा बढी वर्षा सिमरा र भैरहवामा


 

काठमाडौँ – विगत २४ घण्टामा नेपालभर मनसुनी वर्षा भएको छ। मौसम विभागले मनसुनी वर्षाको प्रभाव थप २४ घण्टासम्म रहने र त्यसपछि बिस्तारै सुधार हुँदै जाने बताएको छ। सबैभन्दा बढी वर्षा सिमरा र भैरहवामा भएकोछ।

 

सिमरामा ८८ मिलिमिटर वर्षा भएको छ भने भैरहवामा ८५ मिमि। त्यसैगरी पोखरामा ६४, विराटनगरमा ६३.८ र काठमाडौँमा ४४.५ मिमि वर्षा भएको छ। सबैभन्दा कम जोमसोममा ३ मिमि र सुर्खेतमा १.४ मिमि वर्षा भएको छ।

मनसुनमा पानी पार्नका लागि आवश्यक मानिने पानी बोकेका बादलको जमघट (मनसुन ट्रफ)हिमालको फेदमा आउनुका साथै पानी पर्ने अर्को प्रक्रिया न्युन चापीय क्षेत्र मध्य नेपाललाई केद्र बनाई दक्षिणमा भारतीय आकाश सम्म निर्माण भएकाले निरन्तर वर्षा भएको हो।

वरिष्ठ मौसमविद राजेन्द्र श्रेष्ठका अनुसार पानी पार्ने दुबै प्रक्रिया एक साथ नेपाली आकाशमा देखिएकाले लगातार पानी परेको हो। केही दिन यो प्रक्रिया जारी रहने समेत उनले बताए। बिस्तारै मनसुन ट्रफ पश्चिमतिर सरिरहेकाले त्यहाँ अझै ठुलो वर्षा हुन सक्ने अनुमान गरिएको छ।

यसपालि सन १९६८ यता राख्न थालिएको मनसुनी तथ्यांकलाई तोड्दै बिहीबार २४ घण्टामा विमानस्थल परिसरमा १ सय २६ मिलिमिटर अहिलेसम्मकै बढी बर्षा नापियो । सामान्यतया सेप्टेम्बरमा एक सय ९९ मिलीमीटर न्युनतम वर्षा हुन्छ उपत्यकामा तर सोमबारसम्म ४सय ४६ मिलिमीटर वर्षा भइसक्यो।

यतिमात्र हैन मनसुन भरीमा यहाँ हजार दुई सय मिलिमिटर वर्षा हुन्छ तर सोमबारसम्म एक हजार तीन सय २६ मिलिमिटर पानी परिसक्यो। यो मनसुनी मनपरी काठमाडौं उपत्यकामा मात्रै हो। मुलुकका अधिकांस भागमा अझैसम्म न्युनतम वर्षा पनि भएको छैन। पानी पर्नु पर्ने अधिकांश तराईमा वर्षाले न्युनतमको आँकडा पार गरेको छैन्। पानी पर्नु पर्ने जुलाई र अगस्टमा काठमाडौं छोडेर मुलुकभर न्युनतम वर्ष नै हुन सकेन्।

 

नागरिक