महान पर्व हरितालिका तीज: निरन्तर बर्षाका कारण जनजीवन अस्तव्यस्त, चेलीबेटीहरुले तीजका गीत गाउँन पाएनन


 

हिन्दू नारीहरुको महान पर्व हरितालिका तीज आज देश- विदेशमा रहेका नेपाली महिलाहरुले हर्षोल्लासका साथ मनाउदैछन् ।

 

साथै यस वर्षको तिजमा भने देशभर निरन्तर वर्षा परिरहेको छ।

 

उता बुटवलबाट अर्घाखाँची डट्कमका उमाकान्त पाण्डेले जानकारी गराए अनुसार बुटवल आसपासमा दर खाएपछी  पनि मुसलधारे पानी परीरहेकोले दिदी बहिनी जम्मा भएर चोक चोकमा तीजका गीत गाउँन पाएका छैनन ।

 

बर्षाका कारण जनजीवन अस्तव्यस्त बनेको छ । यस् बर्ष मलमास परेकोले कृष्णजन्मास्टमीको दिन र तीज को अन्तर झन्डै एक महिना लामो भएकोले दिदी बहिनी हरु धित फेरेर नाचेको पाइन्थ्यो । जसलाई अर्घाखाँची डट्कम् ले समयसमयमा जानकारी दिदै आएको थियो ।

यसैगरी तिजमा माईतीघर आवजजावत गर्ने महिलाहरुलाई बर्षा, सडक अबरुद्द हुनाले अफ्ट्यारो परेको देखिन्छ ।