– उमाकान्त पाण्डे गाउंले
बुटवल – रुपन्देही सिक्टहनकी २० वषिर्य दिलमाया गुरुङ दुई दिनकी सुत्केरी हुन् । लुम्बिनी अञ्चल अस्पतालको प्रसुति गृह अगाडि पेटीमा बसेर नावालक शिशुलाई दूध चुसाउदैं गरेकी उनले भनिन्, नौ सय पाइन्छ भन्ने सुनेकी थिएं,मलाई त जम्मा पांच सय दिए ।’ उनले सोही अस्पतालमा १ दिन अघिमात्र छोरो जन्माएकी हुन् । दिलमाया गुरुङ एक प्रतिनीधि आमा मात्र हुन् । उनको जस्तै समस्या भोगेकी बुटवल १२ कालिकानगरकी २६ बर्षिय मनरुपा घिमिरेले ६ दिनकी सुत्केरी हुन् । उनी भन्छिन्,खोई मलाई त पैसा पाइन्छ भन्ने पनि थाहै थिएन, पांच सय पाए खुसी छु, यही पांच सयले प्रोत्साहन थपेको छ ।’
आमा सुरक्षा कार्यक्रम लागू भएपछि अस्पतालहरुमा सुरक्षति सुत्केरी हुने आमाहरुको संख्यामा बृद्धि भएपनि सुत्केरी पछि पाउनुपर्ने रकम लिने आमाहरुको संख्या भने न्यून छ । बिगत ७ बर्षदेखि प्रसुति उत्प्रेरणा भत्ता दिएको सरकारले समयमै आवश्यक प्रचार प्रसार नगर्दा अझै पनि आम नागरिकहरु यस बिषयमा जानकार छैनन् ।
सुरक्षति सुत्केरीको संख्या बढेपनिे उनीहरुले पाउने सेवा लिने आमाहरुको संख्या भने घट्दै गएको हो । अस्पतालमा सुत्केरी हुने आमाहरुले ५ सय पाएपनि थप ४ सय पाउनका लागि भने गर्भवतीले ४ पटक गर्भ परीक्षण्ँ गराएको प्रेश्किप्शन पेश गर्नुपर्ने ब्यवस्था छ । तर अधिकांशले यो पेश नर्गदा गर्भवती प्रोत्साहन स्वरुपको ४ सय रुपैंया गुमाइरहेका छन् ।
सरोकारवालाले यस विषयमा नागरिकलाई सचेत नबनाउ