लेवनानमा हिजबुल्लाहहरुद्धारा अमेरिकाविरुद्ध ठूलो प्रदर्शन, मुश्लिम विश्वलाई प्रदर्शन जारी राख्न नसरुलाको अपील
आश्विन ३ गते, २०६९ मा प्रकाशित
शिया मुश्लिम अतिवादी समूह हिजबुल्लाहले बिबादास्पद अंग्रेजी चलचित्र इनोसेन्स अफ मुस्लिमविरुद्ध लेवनानमा ठूलो प्रदर्शन गरेको छ ।
राजधानी बेरुतमा ठूलो संख्यामा प्रदर्शनमा उत्रेकाहरुले अमेरिकाविरुद्ध नारा लगाउँदै अमेरिकी झण्डा जलाएका छन् ।
प्रदर्शनलाई सम्बोधन गर्दै हिजबुल्लाह नेता शेख हसन नसरुलाले मुश्लिम समुदायको अपमान गर्न नियोजित ढंगले चलचित्र बनाइएको भन्दै विश्वभरका मुश्लिमलाई प्रदर्शनमा सहभागी हुन अपील गरे ।
अमेरिकाले चलचित्रमाथि प्रतिबन्ध लगाएर चलचित्र बनाउनेलाई कारबाही नगरेसम्म प्रदर्शन जारी राख्ने उनको भनाई थियो ।