परोपकार प्रसूती तथा स्त्रीरोग अस्पतालको शल्यक्रिया कक्ष आजबाट पुनः सञ्चालन गर्ने

परोपकार प्रसूती तथा स्त्रीरोग अस्पतालको शल्यक्रिया अस्पताल प्रशासनले शल्यक्रिया कक्ष आजबाट पुनः सञ्चालन गर्ने जनाएको छ । शल्यक्रिया कक्ष पुनः सुचारुका लागि आवश्यक काम भइराखेको अस्प्ताल प्रशासनले जनाएको छ ।

 अस्पतालमा दैनिक ८० नवजात शिशु जन्मिने र करिब २५ गर्भवती महिलाको शल्यक्रिया हुने गर्दछ । शल्यक्रिया कक्ष बन्द भएपछि उपचारका निम्ति उपत्यका बाहिरबाट आउने गरिब तथा विपन्न वर्गका महिला थप समस्यामा परेका छन् । शल्यक्रिया गरेका महिलामा वाकवाकी लाग्ने, टाउका दुख्ने, रिङ्गटा लाग्ने, ज्वरो आउनेजस्ता लक्षण देखिएको थियो । हिजो संक्तमणका कारढा दुई महिलाको ज्यान गइसकेको छ । ४१५ शय्याको सो अस्पतालमा महिला तथा स्त्रीरोगसम्बन्धी सम्पूर्ण सेवा उपलब्ध रहेको छ