राजमार्गका ९० फलामे पुल तत्कालै मर्मत गर्नुपर्ने

मुलुकभरका ९ सयमध्ये विभिन्न राजमार्गका ९० फलामे पुल ९स्टिल ट्रस्ट ब्रिज० तत्कालै मर्मत गर्नुपर्ने देखिएको छ ।

सडक विभाग पुल आयोजनाले केही समयअघि देशका विभिन्न स्थानका पुल को निरीक्षण गर्दा ९० पुल जीर्ण अवस्थामा पुगेकाले तत्कालै मर्मत गर्नुपर्ने अवस्थामा पुगेको पाइएको हो ।

आयोजनाले मुलुकभरका पुल लाई तीन भागमा विभाजन गरी निरीक्षण गरेको थियो । नौ सयमध्ये ३३ अति जीर्ण भए पनि बजेट नहुँदा मर्मत गर्न नसकिएको सडक आयोजनाले जनाएको छ । ुपहिलो चरणमा ३३ वटा पुल मर्मत गर्ने तयारीमा छौुं, आयोजना प्रमुख कृत्यानन्द ठाकुरले टेलिफोनमा भने, ुत्यसैले बृहत् पुल मर्मतअन्तर्गत मर्मत गर्ने तयारी भए पनि बजेट नभएर समस्या छ ।ु

उनका अनुसार सरकारले ६० करोड रुपैयाँ मर्मतका लागि छुट्टयाएको बुझिए पनि उक्त रकममध्ये १२ करोड पुल का लठ्ठा तथा रंगरोगनमा खर्च हुने गरेको

छ । बाँकी रकम जीर्ण भाग मर्मतमा खर्च हुन्छ । मर्मतका लागि बजेट निकासा नभए जीर्ण पुल जुनसुकै अवस्थामा भत्केर दुर्घटना हुने सम्भावना छ । ुपहिला विदेशबाट सामान ल्याएर पुल मर्मत गर्नुपर्ने समस्या थियो,ु प्रमुख ठाकुरले भने, ुअहिले स्वदेशी सामानबाटै मर्मत थालिएको छ ।ु

बेलैमा पुल मर्मत नहँुदा विभिन्न स्थानमा धमाधम भत्कन थालेका छन् । चैतमा ट्रकले ठक्कर दिएर जीर्ण बनेको पूर्व(पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको लोकाहा पुल सोमबार भाँचिएको छ ।

उक्त पुल मंगलबार डाइभर्सन राखी जसोतसो चलाउने काम भएको छ । चैतमै पूर्ण मर्मत गर्नुपर्ने पुल सामान्य रूपमा मर्मत गरी क्षमताभन्दा बढी तौलका ट्रक एकैसाथ वारपार गर्न दिँदा भाँचिएको हो । ुलोकाहा पुल मर्मतका लागि सामान नहुँदा पूर्ण रूपमा मर्मत गर्न सकिएको थिएन,ु सडक डिभिजन बुटवलका प्रमुख अर्जुन थापाले भने, ुत्यसैले एकतर्फी यातायात सुचारु हुने गरी सूचना टाँस गरेर पुल को तल्लो भागमा ग्याभिन भरी काठको टेको लाएर अड्याएका थियौं ।ु

उनका अनुसार बुटवल( नारायणगढ सडक खण्डको अरुणखोलाको पुल समेत जीर्ण रहेकोले जुनसुकै बेला भत्किन सक्छ । उक्त राजमार्ग हुँदै क्षमताभन्दा झन्डै दोब्बर सामान बोकी ट्रक आवतजावत गर्ने गरेकाले जीर्ण पुल लाई झनै खतरा बढेको हो ।

ु पुल बनेपछि अति जीर्ण नभएसम्म मर्मत गरिँदैन,ु सडक डिभिजन भरतपुरका निमित्त प्रमुख वीरेन्द्रकुमार मण्डलले भने, ुजसले गर्दा बर्सेनि भत्कने गरेका छन् ।ु

उनले पुल को पुनर्निर्माणमा प्रयाप्त बजेट नआउँदा मर्मत गर्न समस्या भएको बताए ।

उनका अनुसार बर्सेनि पुल मर्मत नगर्दा जीर्ण बनेर भत्कने गरेका हुन् । उता दैनिक १ हजार ५ सय सवारी साधन आवतजावत गर्ने पृथ्वी राजमार्गअन्तर्गत तनहुँको शेरा खोलाको पुल जीर्ण भए पनि मर्मत भएको छैन । ुपुराना पुल मर्मत नभई पुनर्निर्माण गर्नुपर्छ,ु तनहुँका सडक डिभिजन प्रमुख हरिकुमार पोखरेलले भने, ुपुनर्निर्माणका लागि प्रयाप्त बजेट हुनुपर्छ ।ु उनले पुल को आयु बुझेर मर्मत गर्दा मात्र ठूलो दुर्घटनाबाट बच्न सकिने बताए ।

पुल जीर्ण बनेपछि मात्र मर्मत गर्ने परम्पराले बर्सेनि पुल भत्किने गरेका छन् । मर्मत नगरिँदा डेढ वर्षअघि बुटवल(गैंडाकोटमा खण्डको जयश्री पुल भाँचिएको थियो । त्यसैगरी पृथ्वी राजमार्गअन्तर्गत चितवन र तनहुँ जोड्ने मुग्लिन पुल मा सवारी चिप्लिने समस्या यथावत् छ ।

मर्मत क्रममा पुल मा रहेका काठका ुडेथु निकालेर स्टिल राखिएको थियो । स्टिल जडान गरेदेखि सवारी चिप्लिने समस्या भएको प्राविधिकले बताए । ुपिलर सिस्टमु को पुल नभएर झोलुंगे भएकाले यसले धेरै भार थेग्न सक्दैन ।