पोखेडाँडा, अर्घाखाँची । अर्घाखाँचीको जिल्लाकै केन्द्र बिन्दुको रुपमा रहेको अर्घाखाँचीको नुवाकोट गाबिसको वार्ड न् ६ स्थित पोखेडाँडामा भब्य तीज गीत कार्यक्रम सम्पन्न भ्एको छ।
सोही स्थानमा हरेक बर्ष ‘हरितालिका तीजको’ दिन ठुलो मेला लाग्ने गर्दछ सो अबसरमा जिल्लाका पश्चिम भेग नुवाकोट ,असुरकोट , लगायत ढिकुरा ,खाचिकोट ,वङला, डिभर्ना , सन्धिखर्क ,अर्घा , किमडाडा ,खिल्जी, धारापानी, ढाकाबाङ लगायतका स्थान बाट हजारौको सन्ख्यामा दिदी बहिनीहरु ,बिभिन्न समुहका नाच, साथै उलख्य मात्रामा सो स्थानमा दर्शकहरुको भिडभाड हुने गर्दछ।
यसपटक अर्घाखाँचीमा निरन्तर बर्षाका बावजुद पनि हिन्दू नारीहरुको महान चाड हरितालिका तीज हर्षोउल्लासका साथ नाचगान गरी महिलाहरुले आफ्नो बर्ष भरिका बिभित दुखेसो ,गुनासो, सफलता असफलता, हासो, खुशी, सबै जिवनका रङहरुलाई गीतको माध्यमबाट गुन्जायमान बनाएका थिए।
अर्घाखाँची डटकमको सो स्थानबाट प्रत्क्षय प्रसारण गर्ने योजना भ्एता पनि मौसम र प्राबिधिक कारणले गर्दा सम्भव हुन सकेन यद्पी पय्चमीको दिन अशोज ४ गते नेपाली समय दिउसो १ बजे देखी बिशेष तीज सागीतिक कार्यक्रमको सन्धिखर्कबाट सबै अनुकल भएमा सो स्थानबाट प्रसारण गर्ने छ ।
Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।